कैलाली प्रहरी हत्याका योजनाकार पक्राउ

कैलाली प्रहरी हत्याका योजनाकार पक्राउ

धनगढी : कैलालीमा केराउ तस्करी रोकेको भन्दै दुईजना प्रहरीको हत्याका मुख्य योजनाकार पक्राउ परेका छन् । घटना भएकै दिनदेखि फरार रहेका धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडाका ३४ वर्षीय सुकबहादुर भनिने अमर रानालाई आइतबार राती साढे ७ बजे पक्राउ गरिएको हो ।

उनलाई, धनगढी उपमहानगरपालिकाकै वडा नम्बर १९ को फुलबारी क्षेत्रबाट पक्राउ गरिएको कैलालीका प्रहरी उपरीक्षक अनुप समसेर जबराले बताए । प्रहरीले, सोमबार विहान पत्रकार सम्मेलनको आयोजना गर्दै रानालाई सार्वजनिक पनि गरेको छ ।

कार्तिक १ गते राती १० बजेतिर धनगढी उपमहानगरपालिका वडा नम्बर १० मा पर्ने नेपालभारत सीमाना नजिक गस्तीमा गएका, अस्थायी प्रहरी पोस्ट जुगेडाका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरिएको थियो ।

प्रहरीले, तेस्रो मुलुकबाट ल्याएका केराउ तस्करीमा कडाई गर्दै आएको थियो । नेपालमा किलोको ६५ रुपैयाँ पर्ने केराउ भारतमा किलोको एक सय भन्दा पनि महंगो बेचिन थालेपछि सीमानामा तस्करी बढेको थियो । 

अस्थायी प्रहरी चौकी जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक विक र जवान साउदको तस्करहरुको समूहसँग सीमानामै जम्का भेट भएको थियो । प्रहरीले बरामद गरेको केराउ नछोडने भन्दै चौकीतिर ल्याउन थालेपछि अमर रानाकै निर्देशनमा हत्या भएको कैलाली प्रहरीले जनाएको छ ।

यस्तो थियो हत्याको योजना

कार्तिक १ गतेको बेलुकी करिब १० क्विन्टल केराउ भारत तस्करीका लागि सुकबहादुर भनिने अमर रानाले आफ्ना समूहका १०/१५ जनालाई भरियाका रुपमा बोलाए । त्यसअघि चौकी इञ्चार्ज गोविन्द विकले तस्करीको सामान बरामद गर्न थालेका थिए । उनले केराउ बरामद गर्न अझ बढी जोड दिएका थिए।

किनकी तेस्रो मुलुकबाट नेपालका लागि भनेर आयात भएको केराउ भारत निकासी गर्न पाइदैन । विभिन्न मिडियामा केराउ तस्करीको समाचार आएका कारण पनि जुगेडाका असइ विकलाई केराउ तस्करी नियन्त्रणका लागि हाकिमहरुको निर्देशन थियो ।

प्रहरीले तस्करीमा कडाई गरेपछि अमर रानाको समूह हैरान थियो । कार्तिक १ गते प्रहरीलाई ठोकेरै भएपनि माल पास गराउने योजना अमर रानाको घरमा बन्यो । अमर, केराउ किनेर भरिया लगाउँदै सीमापार पुगाउने मुख्य तस्कर हुन् ।

उनी नेपालबाट किन्नका लागि भारतीय व्यापारीको रकम ल्याउने र बीचको मार्जिन बचाएर सामान पठाउने व्यक्ति हुन्। कार्तिक १ गते को केराउ तस्करीमा अमरकै गोरु र गोरुगाढा प्रयोग भएको छ । 

प्रहरीको हत्यामा प्रयोग गरिएका उनकै घरको फरुवा, कुटो बञ्चरो, बगडी, दारु र लाठीहरु प्रहरीले बरामद भएको छ । त्यसदिन अमरको सूह पहिला सीमा क्षेत्रमा गस्ती छ की छैन भनेर रेकी गर्न गयो । त्यहाँ प्रहरी देखिएन । अनी अमरको घरबाट केराउ बोकेको गोरुगाढा सीमातिर लाग्यो । 

सीमानामा पुग्ने वित्तिकै लुकेर बसेका असइ विक र जवान साउदले केराउको गाडा समाति हाले । प्रहरीलाई छोडन अनुनयविनय भयो र प्रहरीले मानेन । केराउ बोकेको गाडा चौकीतिर ल्याउन सुरु गर्ने वित्तिकै प्रहरीमाथि घरेलु हतियारले आक्रमण भयो । 

घटनास्थलबाट भागेका असइ विक र जवान साउदलाई दुई समूहले लखेटी लखेटी हत्या गरे । उनीहरुको हत्या भएपछि अमरको नेतृत्वमा गाडाको मटर भारत पुग्यो । अमर फेरि नेपालतिरको सीमानामा आए । त्यसअघि तस्कर समूहका अरु व्यक्तिले शव मोहना नदीमा गाडिसकेका थिए । अमरको नेतृत्वमा थप प्रमाणहरु नष्ट गर्ने काम भयो ।

त्यसपछि अमरकै घरमा फर्केका उनीहरु बीच यो कुरा कसैले कसैलाई नभन्ने र नभाग्ने निर्णय भयो । तर सुकबहादुर भनिने अमर राना एकाबिहानै घरबाट भागेका थिए । प्रहरीले मुख्य योजनाकार भनिएका अमर रानाको खोजी गरिरहेको थियो । त्यसैक्रममा उनी आइतबार राती पक्राउ परेका हुन्।

यसअघि प्रहरीले ८ जनालाई पक्राउ गरी अनुसन्धान सकेको  छ । आइतबार पक्राउ परेका सुकबहादुरसहित ९ जनालाई मुलुकी फौजदारी संहिताको दफा ४१ (क) बमोजिम आजीवन कारावासको सजाय दाबी गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.