तुलसीस्मृति पुरस्कारबाट पत्रकार श्रेष्ठ पुरस्कृत
गोरखा : गोरखाका पत्रकार भीमलाल श्रेष्ठ तुलसी स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।
पत्रकार महासंघ गोरखा शाखाले पालुङटारको लिगलिगकोटमा आयोजना गरेको दशौँ साधारण सभाको अवसरमा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नगद १० हजार रुपैयाँसहित दोसल्ला र कदर पत्रले श्रेष्ठलाई सम्मान गरेका हुन्
दुई दशकदेखि गोरखामा रहेर पत्रकारिताको माध्यमबाट समाज बिकासमा महत्वपूर्ण योगदान गरेको भन्दै गोरखा शाखाले पत्रकार श्रेष्ठलाई सम्मान गरेको जनाएको छ।
कोभिड–१९ को डर त्रासका बीच आफैँ कोरोना संक्रमित हुँदा पनि संचार माध्यमबाट निरन्तर सूचना, समाचार सम्प्रेषण गरेकाले उनलाई सम्मान गरिएको पुरस्कार छनोट समितिले जनाएको छ।
गोरखा सदरमुकामका तुलसी अर्यालको स्मृतिमा पत्रकार महासंघ गोरखा शाखामा २०७० सालमा स्थापना भएको तुलसी स्मृति पत्रकारिता पुरस्कारबाट श्रेष्ठसहित अहिलेसम्म छ जना पत्रकार पुरस्कृत भएका छन्।
प्रतिक्रिया दिनुहोस !