बेलायतमा तेस्रो खोप

बेलायतमा तेस्रो खोप

लन्डन : बेलायतले कोभिड–१९ विरुद्धको थप एक खोपलाई मान्यता दिएको छ। अमेरिकी कम्पनी मोडर्नाले विकास गरेको खोपले मान्यता पाएसँगै बेलायतमा आमप्रयोगको मान्यता पाउने कोभिड खोपको संख्या तीन पुगेको छ। फाइजर बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेका खोपको वितरण सुरु भइसकेको छ।

मोडर्ना खोप परीक्षणका क्रममा ९५ प्रतिशतसम्म प्रभावकारी पाइएको थियो। बेलायतले मोडर्नाको १ करोड ७० लाख डोज अर्डर गरिसकेको छ। तर, यो खोप प्रयोगका लागि उपलब्ध हुन मार्चसम्म लाग्ने बताइएको छ। यो खोप माइनस २० डिग्री सेल्सियसको सामान्य फ्रिजमा पनि स्टोर गर्न सकिनेछ। 

अक्सफोर्ड एस्ट्राजेनेका खोप पनि सामान्य फ्रिजमा राख्न सकिन्छ भने फाइजर बायोएनटेक खोप माइनस ७५ डिग्रीको तापक्रममा स्टोर गर्नुपर्ने हुन्छ। अन्य खोपजस्तै मोडर्नाको खोप पनि हरेक मानिसलाई दुई डोज दिनुपर्नेछ। फाइजर बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेका खोप करिब १५ लाख मानिसलाई दिइसकिएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले फेब्रुअरी मध्यसम्म डेढ करोड नागरिकलाई खोप दिने प्रतिबद्धता गरेका छन्। बेलायतमा कोरोना भाइरस संक्रमण तीव्र देखिएको छ।

बिहीबारसम्म २४ घण्टामा मात्रै १ हजार १ सय ६२ जना संक्रमितले ज्यान गुमाएका थिए। कैयौं दिनदेखि बेलायतमा हरेक दिन ५० हजारभन्दा बढीको संख्यामा संक्रमित थपिँदै गएका छन्।  अहिले देशव्यापी रूपमा लकडाउन गरिएको छ। कोभिड खोपको वितरणलाई पनि तीव्र पारेर सक्दो चाँडो जनजीवन सामान्य बनाउने प्रयासमा सरकार जुटेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.