कालीगण्डकीमा माघी उत्सव

कालीगण्डकीमा माघी उत्सव

पाल्पा : कोरोना सक्रमणको जोखिम पूर्णरुपमा नहटेपनि भक्तजनहरु कोरोनाको प्रवाह नगरी स्नान तथा पूजा पाठमा जुटेका छन् । पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडिमा तीन दिने माघे संक्रान्ति धार्मिक मेला लागेको छ  ।

परम्परादेखि नै कालीगण्डकी रुरु क्षेत्रधाम रिडिमा जेठी, माइली र कान्छी संक्रान्त‍िको रुपमा धार्मिक मेला लाग्दै आएको छ । रुरु क्षेत्रधाम रिडिमा यस वर्ष कोभिड १९ को कारण रमाइलो मेला नभए पनि धार्मिक मेला भने रोकिएन । रुरु क्षेत्र क्षेत्र धाम रिडिमा भक्तजनहरु बिहानैदेखि स्नान गर्ने र ऋषिकेश भगवानको दर्शनमा  लागि जुटेका छन्।  कोही माक्स लगाएर स्नान तथा पूजापाठमा पुगेका छन् त कोही माक्सबिनै पूजाआजामा जुटेका छन् । 

माघे संक्रान्तिको अवसरमा कालीगण्डकीमा स्नान गर्नाले अन्जानमा गरेका सम्पूर्ण पाप नाश हुने, मृत्युपछि स्वर्गमा बास हुने जनविश्वास रहेको पाइन्छ ।  स्नान गर्दा वा भगवानको दर्शन गर्दा भीडभाड भएपनि भक्तजनले भने कोभिडको कुनै प्रभाव नगरी रुरु क्षेत्र कालीगण्डकीमा स्नान तथा दर्शन गर्न जुटेका हुन् । 

रुरु क्षेत्रधाम नेपालको चार धाममध्ये एक भएकाले यसको विशेष धार्मिक महत्व रहेको छ । कालीगण्डकीमा मक्रर सक्रान्ती स्नानको लागि पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, रुपन्देहि, कपिलबस्तुबाट भक्तजनहरु रुरु क्षेत्रधाम रिडिमा पुगेका छन् । 

बराह पुराणका अनुसार कालीगण्डकीको तिरमा तपस्या गरेर बसिरहेका महर्षि देवदत्त ऋषिको तपस्या भंग गर्नको लागी  स्वर्ग बाट देवराज इन्द्रले अति राम्री अप्सरा प्रम्लोचना पठाई ऋषिको तपस्या भंग गराएको र पछी ऋषि र अप्सराको मिलनपछि एउटी मानवी कन्या जन्म भएको जनविश्वास रहेको छ ।

मानवी कन्याको जन्म  भएपछि  ऋषि र प्रम्लोचना मृत्यु भएको ती कन्या लाई रुरु मृगले दूध पिलाएर बचाएकोले उनलाई रुरु कन्या नाम राखियो पुन उनै बालिकाको तपस्याबाट त्यस क्षेत्रको नाम रुरु क्षेत्र रहन गएको भनाइ रहेको छ । 

रुरु क्षेत्रमा भगवान हृषिकेशवको विशेष महत्व रहेको छ । भगवान हृषिकेश लाई साक्षत नारायणको रुपमा आफै उत्पत्ति हुनु भएको विश्वासमा हिन्दुधर्मालम्वीहरुले पुजाआजा गर्दै आएका छन । मणिमुकुन्द सेन प्रथमले रुरु क्षेत्रमा भगवान ऋषिकेशवको मन्दिर स्थापना गरेपछी यस क्षेत्रमा धार्मिक बढ्दै गएको भनाइ छ ।  कालीगण्डकीमा स्नान गर्दा निधारमा ठोकिएको र सोही दिन राती भगवान प्रकट भएर स्नान गर्दा ठोकिएको म विष्णु भगवान हो , मलाई कालीगण्डकी वासपासमै मन्दिर बनाएर राख र सेवा गर भन्ने आदेश आएपछि मणिमुकुन्द सेन प्रथमले ऋषिकेश मन्दिर निर्माण गरेका थिए ।  

धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पाबाट, मनाङ, मुस्ताङबाट काम्लो, कम्मल, राडी, पाखी, बाँसबाट उत्पादित विभिन्न किसिमका डाला, पाथी, काइयोलगायतका घरेलु सरसमान बिक्रीका लागि रुरु क्षेत्रमा आएका छन् ।

धार्मिक मेलामा गुल्मीको गुण, पाल्पाको सुन्तला, लगायतका सरसमानहरु बिक्रीका लागि राखिएका छन् । यसैगरी पाल्पाको राम्दी, केलादी, लगायतका स्थानमा पनि काली नदीमा स्नानको लागि भक्तजन पुगेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.