नदीमा डुबेर एक युवक वेपत्ता
दाङ : दाङको राजपुर गाउँपालिकाको बेला घाटमा डुबेर एक युवा बेपत्ता भएका छन् ।
राजपुर गाउँपालिका– २ बेला घाटमा पौडी खेल्ने क्रममा बेला निवासी अन्दाजी २७ वर्षीय प्रदिप चौधरी बेपत्ता भएका हुन् ।
बिहीबर दिउँसो करिब १ बजेतिर पौडी खेल्ने क्रममा चौधरी राप्तीमै बेपत्ता भएको प्रहरीले बताएको छ ।
माघे संक्रान्तिको अवसरमा राप्ती किनारमा वनभोजसहित उनीहरु पौडी खेल्न राप्ती गएका थिए । घटनास्थलमा उनीहरुको मोटरसाईकल र मासु पनि फेला परेको छ ।
बिहीबार नेपाल प्रहरी, एपीएफको गोताखोर टोली र स्थानीयले दिनैभर उनको खोजीकार्य गरे पनि फेला पार्न भने सकेका छैनन् । उनको खोजीकार्य अब शुक्रबार बिहान गरिने इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !