ओलीलाई पार्टीले प्रधानमन्त्री बनाएको हो, जनताले होइन : प्रचण्ड

ओलीलाई पार्टीले प्रधानमन्त्री बनाएको हो, जनताले होइन : प्रचण्ड

काठमाडौं : नेपाल कम्यनुस्टि पार्टी (नेकपा) प्रचण्ड- नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले जनताले नभएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चाहेर मात्र केपी ‌ओलीलाई प्रधानमन्त्री बनाएको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

'पार्टीले चाहेर मात्रै केपी ओलीलाई प्रधानमन्त्री बनाएको हो, जनताले चाहेर होइन,'उनले भने।

उनले युवाहरुको काँधमा भोलीको नेपालको नेतृत्व गर्ने जिम्मेवारी आएको बताउँदै देश- दुनियाँले देख्नेगरी आन्दोलनलाई सशक्त बनाउन समेत आग्रह गरे। विगतका आन्दोलनमा पनि युवाहरुको सशक्त भूमिका रहेको भन्दै अध्यक्ष प्रचण्डले संसद विघटनविरुद्ध आन्दोलनलाई सफल पार्न युवाहरुलाई जोश जाँगर

लगाएर संघर्षमा उत्रिन पनि आह्वान गरे।

लामो संघर्ष र बलिदान पछि पाएको संविधानमाथि प्रहार भएको भन्दै सिंगो देश नै स्तब्ध भएको जिकिर गरे। 'जनाताको भाषा बोलिएको संविधानको मूल मर्ममाथि प्रहार भएको  छ। हाम्रा सहिद ,वीर योद्धाहरुको उपलब्धिमाथि प्रहार भएको छ। यसकारण हामी चिन्तित छौं। हामी हसि‍मजाक गर्ने वातावरणमा छैनौं। हामी गम्भीर मुडमा छौं।'

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको बाटोमा आफू कुनै हालतमा हिंड्न नसक्ने बताए। 'हामी तपाईँको बाटोमा हिँड्न सक्दैनौं| तपाईले रोजेको पतनको बाटो हो। त्यो बाटो हामीलाई स्वीकार्य छैन। तपाईसँग हाम्रो व्यक्तिगत केही रिसिबी छैन। त्यो बाटोलाई घृणा गरेका हौं। गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्नु परेको हो।'

उनले ओलीभित्रको रोग कतै आफूलाई सर्छ किन भनेर डर लागिरहेको टिप्पणी गरे। 'तपाई भित्रको रोग हामीलाई पनि सर्छ कि भनेर डर लागिरहेको छ। त्यसैले  केपी प्रवृत्तीको मेजर उपचार गर्नुपर्ने आवश्यक ठानेर संघर्षमा उत्रिएका हौं।'

संसदविघटन विरुद्ध प्रचण्ड-नेपाल समूहले पहिलो चरणको आन्दोलन सकाएर दोस्रो चरणको आन्दोलन सुरु गरेको  छ। प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध यो समूह सडक संघर्षमा उत्रिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.