२४ घण्टामा थप १३४ जनामा कोरोना संक्रमण, ११८ डिस्चार्ज

२४ घण्टामा थप १३४ जनामा कोरोना संक्रमण, ११८ डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ६३ महिला र ७१ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा भने ६५ जनामा कोरोना संक्रमण देखिएको छ। 

पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैले पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हालसम्म मृत्यु हुनेको संख्या २ हजार ४७ पुगेको छ। यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ३४९ पुगेको छ। पछिल्लो २४ घन्टामा ३ हजार ५६७  स्वाब परीक्षण गराउँदा १३४ जनामा कोरोना संक्रमण देखिएको हो। 

यस्तै बुधबार थप ११८ जना डिस्चार्ज भएका छन्। यो सहित निको हुनेको संख्या २ लाख ६८ हजार ५४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिले १७ सय ५३ जना आइसोलेसनमा छन् भने ८८ जना क्वारेन्टाइनमा छन् । मन्त्रालयका अनुसार ७२ जनाको आइसीयू र १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.