नारायणकाजीले पत्रकारलाई मञ्‍चबाटै - 'तपाईं त्यहाँ चुप लाग्‍नुस्

नारायणकाजीले पत्रकारलाई मञ्‍चबाटै  - 'तपाईं त्यहाँ चुप लाग्‍नुस्

काठमाडौं : प्रचण्ड-नेपाल समूहको विरोधसभामा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मञ्चबाटै चुप लागेर बस्‍न पत्रकारहरूलाई आग्रह गरेका थिए।  उनले सभा संचालन भइरहेकाले हल्ला र अन्य क्रियाकलाप नगरीदिन आग्रह गरेका हुन्।

'एकछिन पत्रकार साथीहरु अरु केही नगरिदिनुहोला। हामी यहाँ सभा संचालन गरिरहेका छौं। त्यहाँ तपाई चुप लागिदिनुहोस्। सुन्नु भयो ऋषि धमला जी। तपाईं त्यहाँ अर्को कार्यक्रम नगर्नुहोस्,'उनले भने। 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले यो सरकार अवैधानिक भएकाले केपी ओलीलाई १ मिनेट पनि प्रधानमन्त्री पदमा बस्ने वैधानिक आधार नभएको आरोप लगाए। 'वर्तमान सरकारले आफैले असंवैधानिक तरिकाले संसद विघटन गरेर अवस्थामा केपी ओली संसदको सदस्य छैनन्। यस्तो अवस्थामा राष्ट्रपतिद्वारा अर्को सरकार नबन्दासम्म यो काम चलाउन सरकार हो भन्ने अवस्था बाहेक प्रधानमन्त्री पदमा बस्न मिल्दैन। यो स्वत: काम चलाउ सरकार हुनसक्थ्यो। तर यो कामलचाउ सरकार पनि वैधानिकरुपमा घोषणा नगरेको अवस्थामा यो अवैधानिक सरकार हो,' उनले भने,' केपी ओलीलाई १ मिनेट पनि प्रधानमन्त्री पदमा बस्ने वैधानिक आधार छैन।'

प्रचण्ड-नेपाल समूहको केन्द्रीय संघर्ष समितिका संयोजक श्रेष्ठले संवैधानिक परिषदको अवैधानिक बैठकबाट बलमिच्याइँ गरेर संवैधानिक निकायमा गरिएको नियुक्ति खारेज गर्नु र संसदलाई सुचारु गर्नु  नै आन्दोलनको मुल उद्देश्य रहेको बताए।

पार्टीका सचिवालय सदस्य समेत रहेका श्रेष्ठले प्रधानमन्त्री ओलीले वैशाखमा चुनाव नगर्नका निम्ति घोषणा गरेको जिकिर गरे।उनले केपी ओलीली घोषणा गरेको चुनाव लोकतन्त्रअन्तरगतको चुनाव नभएको दावी गरे। उनले भने ,' यो चुनाव वास्तविक चुनाव होइन। यो चुनाव केपी ओलीले चुनाव नगर्नका लागि घोषणा गरेका हुन्।'


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.