बुटवलमा नेकपा(ओली)को आमसभा
बुटवल : बुटवलमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रधानमन्त्री केपी शर्मा ओलीपक्षको आम सभा सुरु भएको छ । यसअघि चितवन, धनगढी र काठमाडौंमा सभा गरेका ओली समूहले शनिबार बुटवलमा सभा गरेका हुन्।
सभामा प्रधानमन्त्री ओली लगायत ओली समूहका शीर्ष नेताहरुको पनि उपस्थिति रहेको छ । प्रधानमन्त्री ओली हेपिकप्टरबाट बुटवल पुगेका थिए।

आमसभामा प्रथानमन्त्री केपी शर्मा ओली, बिष्णु पौडेल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल लगायतले सम्बोधन गर्ने बताइएको छ ।
सभामा हजारौंको सहभागीता रहेको छ। सभामा सहभागी हुन रुपन्देही तथा आसपासका जिल्लाबाट आउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस !