राजधानीस्थलमै मनाइयो लुम्बिनी प्रदेशको स्थापना दिवस

राजधानीस्थलमै मनाइयो लुम्बिनी प्रदेशको स्थापना दिवस

दाङ : लुम्बिनी प्रदेश स्थापना दिवस प्रदेश राजधानी घोषणा गरिएको राप्ती भ्यालीमा मनाइएको छ। प्रदेश राजधानी तोकिएसँगै प्रदेशले आफ्नो स्थापना दिवस औपचारिक रुपमा राजधानी स्थल राप्तीमा  मनाएको हो। यस अघिका स्थापना दिवसहरु बुटवलमा मनाइँदै आइएको थियो। 

प्रदेश स्थापना दिवसको अवसरमा थारु, मगर र अन्य संस्कृतिसंग जोडिएका झाँकी प्रस्तुत गरिएको थियो। यस्तै प्रदेश सरकारले स्थापना दिवसको अवसरमा फागुन ३ गते सोमबार सार्वजनिक बिदासमेत दिएको थियो।

प्रदेश स्थापना दिवसमा मुल समारोह राप्ती उपत्यका देउखुरीमा राखेर राजधानी कार्यान्वयनको लागि प्रदेश सरकारले अनुकरणीय कार्य गरेको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताए। ‘हामी खुसिले हर्षित भएका छौं। अब जनसरोकारका कार्यालय पनि बिस्तारै आउने आशा गरेका छौं’ सुवेदीले भने–‘अब राजधानी व्यवस्थापनको कामले गति लिने आशा गरेका छौं।’ 

५८ जना विभिन्न पदकबाट विभुषित
प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले असोज ३ गते घोषणा गरेको विभिन्न पदकबाट ५८ जनालाई विभुषित गरिएको छ। बुद्ध शान्ति पदकबाट आचार्य डाक्टर भिक्षु अमृतानन्दलाई मरणोपरान्त विभुषित गरिएको छ। प्रदेश प्रमुख जनसेवा पदकबाट गुम्राह थारुलाई मरणोपरान्त विभुषित गरिएको छ। 

यस्तै प्रदेश प्रमुख जसेवा पदकबाट खगुलाल गुरुङ, तेजमान घर्ती (मरणोपरान्त), धनमाया श्रेष्ठ (मरणोपरान्त), केवल गाहामगर (मरणोपरान्त), कृष्ण थारु (बेपत्ता) पदकबाट विभूषित गरिएको छ। 

मुख्यमन्त्री प्रज्ज्वलदीप पदकबाट दाङका माणिकलाल गौतमलाई प्रदान गरिएको छ। यस्तै सोही पदकबाट चिनियालाल बज्राचार्य, दयाराज बस्याल(मरणोपरान्त), मनोज चौधरी (घाईते)लाई विभूषित गरिएको छ। प्रदेश सेवा समर्पण पदकबाट डाक्टर राजेन्द्रप्रसाद खनाल, डाक्टर सुमित प्रजापती, उत्तम पच्या, बसुन्धरा ज्ञवाली गौतम, ध्रुब धिताल, विमला रोका श्रेष्ठ, सुमितकुमार ग्रहरी, विष्णु आचार्य, प्रेमबहादुर गौतम, लक्ष्मण पन्थी, आयुस्मा अर्याल, योगेन्द्रनाथ उपाध्याय, अभयकुमरा झालाई विभूषित गरिएको छ।
 यस्तै उजिरसिंह दिप पदकबाट डिलबहादुर सिंजाली मगर, फुलेराम थारु, प्रभु सुनार, समाजसेवी श्री पदकबाट माधव अधिकारी, अर्जुन ज्ञवाली, रोमहर्ष धिताल, डाक्टर चित्रप्रसाल वाग्ले (मरणोपरान्त), खिमलाल पोख्रेल, विनय पोख्रेल, पवित्रा पौडेल, प्रभा पौडेल, सरिता खनाल, आशा अपांग केन्द्रलाई विभुषण गरिएको छ। 

यस्तै प्रदेश रत्नपदकबाट लोकेन्द्र विष्ट मगरलाई विभुषण गरिएको छ। तर, विष्ट कार्यक्रममा भने सहभागि भएनन्। प्रदेश रत्न पदकबाट लक्ष्मीप्रसाद पुन, अर्घाखाँची सिमेन्ट प्रालि, सगुन कन्स्ट्रक्सन, मार्सल रोका, भोजराज रेग्मी, पुरमल बस्नेतलाई विभूषित गरिएको छ। पुजा श्री पदकबाट सिद्धार्थ विजनेश गु्रप अप हस्पिटालिटी, बुलबुले थारु पाहुना घर, जैविक होमस्टे डल्लालाई विभूषित गरिएको छ। प्रदेश प्रज्ञा पदकबाट नारायण सिंह गुरुङ, धवल पुस्तकालयलाई विभूषित गरिएको छ। प्रजापती गौतमी पदकबाट चुन्नुमायाँ गुरुङ(मरणोपरान्त), पूर्णमाया महर्जन, रितासेन ओली, त्रिवेणी रोल्पाली ढाका बुनाई उद्योगलाई विभूषित गरिएको छ। दङ्गीशरण बलिहाङ्ग पदकबाट बुदराना(लोकबहादुर राना मगर), श्यामनन्द सिंह, गोरन चौधरी(मरणोपरान्त), मोहम्मद ईलिहात खाँलाई विभूषित गरिएको छ।

राजधानी व्यवस्थापन कार्यालय स्थापना 
सोमबार राप्ती प्राविधिक शिक्षालयमा राजधानी व्यवस्थापन कार्यालयको स्थापना गरिएको छ। कार्यालय स्थापनासँगै  यससँग सम्बन्धित कामसमेत सुरु गरिएको छ। यस अघि देउखुरीको विजौरीमा पूर्वाधार विकास प्राधिकरणको कार्यालय स्थापना भइसकेको थियो।  

मुख्यमन्त्री पोख्रेलले राजधानी व्यवस्थापन कार्यालयको उद्घाटन गरेका थिइ। ‘तपाईँ राजधानीबासिबाट राजधानी कस्तो बनाउने भन्ने बिषयमा रचनात्मक सुझाव चाहन्छौं’ मुख्यमन्त्री पोख्रेलले भने–‘तपाईंहरुका महत्वपूर्ण सुझावलाई समेत हामीले राजधानीको गुरुयोजनामा समेट्छौं।’

पहिलो चरणमा राजधानी क्षेत्रमा प्रदेश सरकार तथा प्रदेश सभा अन्तरगतका प्रशासनीक कार्यालयहरुको पूर्वाधार बनाइने छ। अबको दुई वर्षभित्र यी संरचना बनाउने र प्रदेश सभा सदस्यको चुनाव अघि राजधानीसँग जोडिएका प्रशासनीक कार्यालयहरु राजधानी क्षेत्रमा स्थापना गरिने सरकारले योजना बनाएको छ। 

राप्ती प्राविधिक शिक्षालयलाई गोवरडिहामा स्थानान्तरण गरिएको र त्यहाँ नमुना शिक्षालयको रुपमा अघि बढाइने मुख्यमन्त्री पोख्रेलले बताए। प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले संघियता कार्यान्वयनको पहिलो अध्याय प्रदेशको राजधानी र नामको टुंगो लगाएर सुरु भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.