पर्यटन विकासका लागि स्मारक निर्माण

पर्यटन विकासका लागि स्मारक निर्माण

नुवाकोट : धार्मिक तथा ऐतिहासिक नुवाकोटको वनदेवी जंगलमा पर्यटन विकासका लागि स्मारक निर्माण गरिएको छ। विदुर नगरपालिका-२ वनदेवी जंगलमा मन्दिर नजिकै निर्माण गरिएको स्मारकको उद्घाटन पश्चात सर्वसाधारणका लागि खुल्ला गरिएको छ। 

२०७२ साल बैशाख १२ र २९ गते गएको विनासकारी भुकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा स्मारक निर्माण गरिएको हो। बनदेवी मन्दिरसँगै निर्माण भएको स्मारक नुवाकोट उद्योग वाणिज्य संघ तथा गोयन्का ग्रुपको सहयोगमा बनेको हो। 

नवनिर्मित स्मारकको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल र गोयन्का ग्रुपका प्रवन्ध निर्देशक अजय गोयन्काले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। स्मारक उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले पर्यटकिय स्थानमा बनेको स्मारकको संरक्षण गर्नुपर्ने बताए। 

उनले स्मारक बनाउनु मात्र ठूलो नभई भविष्यमा हुने जोखिमलाई मध्यनजर गर्दै बलियो भौतिक संरचना निर्माणमा जोड दिनुपर्ने पनि बताए। नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले सहयोगीहरुले निकै दुःख गरेर भुकम्प स्मारक निर्माण गरिएकोले यसलाई संरक्षण गर्न आफूहरु तत्पर भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।
कुल साढे ९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको स्मारकमा २०७२ साल बैशाख १२ र २९ गते गएको भुकम्पमा परेर ज्यान गुमाएका नुवाकोटका १ हजार २ सय ८ जनाको नाम उल्लेख गरिएको छ। दिवंगतहरुको सम्मानमा सो स्मारक निर्माण गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.