'देउवाजी र मधेसवादी नेतासँग कुरा हुँदैछ, छिटै संयुक्त आन्दोलन हुन्छ'

'देउवाजी र मधेसवादी नेतासँग कुरा हुँदैछ, छिटै संयुक्त आन्दोलन हुन्छ'

चितवन : प्रधानमन्त्रीको आकांक्षी भएका कारण पार्टी विभाजनतर्फ लागेको आरोप खेपेका नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुलाई प्रधानमन्त्रीको लोभ नभएको बताएका छन्। उनले संविधानमाथि प्रहार गरेर संसद विघटन गरेको विरुद्धमा पूनर्स्थापना आन्दोलनमा होमिएको धारणा राखे।

‘मलाई प्रधानमन्त्रीको लोभ विल्कुलै छैन, यो भ्रम कसैलाई नपरोस् , प्रचण्डले यो संघर्षको नेतृत्व गर्न थालेको प्रधानमन्त्री पाउनलाई भन्ने परेको छ भने त्यो गलत हो’ म प्रधामन्त्रीको दावा गरेर लडेको होइन, राष्ट्र , जनता संविधान र लोकतन्त्रका निम्ति धेरै लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति हो।, यो मसँग सम्बन्धित होइन।’

प्रचण्डले मुलुकको राजनैतिक संकट समाधान गर्न प्रतिपक्षीको डिमाण्डलाई स्विकारेको बताएका छन्। संसद पुनर्स्थापनाको आन्दोलनलाई संयुक्त बनाउन लागेको बताए। अहिलको संकट समाधान गर्नको लागि प्रतिपक्षी दलसँग सहकार्य गर्ने र उहाँहरुको डिमाण्डलाई पोजेटिभ लिएको बताए। ‘आन्दोलन भइरहेकै छ तर यसलाई सकेसम्म संयुक्त गरौ भन्ने प्रयास पनि गरिराखेकै छन्, हिजै मात्र शेरबहादुरजीलाई यसलाई संयुक्त बनाऔ केही दिनमा फाइनल हुन्छ भनेर भनेर शेरबहादुर जी, रामचन्द्र जी, जसपाका नेताहरुसँग पनि कुरा भएको छ’ उनले भने ‘मलाई लाग्छ अब केही दिनभित्र आन्दोलन संयुक्त हुन्छ भन्ने विश्वास छ।’ 

निर्वाचन आयोगमा मुद्धा परेको हुनाले आन्दोलनमा चुनाव चिन्ह पनि कुरा उठेको भएपनि संविधानलाई ट्र्याकमा ल्याउन गरेको बताए। असंवैधानिक कदमपछि गरिएको निर्वाचनले देशको समस्या समाधान नगर्ने दावी गरे। ‘चुनावै भएपनि त्यो अलोकतान्त्रिक र असंवैधानिक हुन्छ, कोही प्रधानमन्त्री भयो भने फेरी यसलाई विघटनको अधिकार हुन्छ भन्ने नजिर हुन्छ’ उनले भने ‘यस्तो दुष्कर्म हामीले गर्न हुदैन।’ 

प्रचण्डले केपी ओली पक्षधरका ९० प्रतिशत सांसद पनि संसद विघटनको पक्षमा रहेको दावी गरे। ‘केपी जीसँग भएका ९० प्रतिशत सांसदहरु विघटनको विरुद्धमा छन्’ प्रचण्डले भने ‘भित्र कोठामा राखेर सोध्ने हो केपीजीले बर्वाद पार्नुभयो, डुबाउनुभयो भन्ने छन् विचरा उहाँहरुलाई गुटको कुराले बोल्न गाह्रो भएको हो।’ 

अदालतले जनभावना र संविधानको मर्म अनुसार संसद पुनर्स्थापनाको पक्षमा निर्णय गर्ने बताए। चितवनको माडीमा राम जन्मिएको भन्दै रामको मन्दिर बनाउने प्रधानमनत्रीको भनाईप्रति लक्षित हुँदै विकासको काम नगरी हल्ला फैलाउँदै हिडेको आरोप लगाए। प्रचण्डलाई सिद्धाउन राम मन्दिरको नारा झिकेको बताए। राम नेपालमै जन्मिएको प्रमाणित गर्न पुरातात्विक र अन्वेषणमा केही नगरेको बताए। ‘राम मन्दिरको कुरा खाली राजनीति गर्नका लागी र प्रचण्ड सिद्धाउने अभियान चलाउँछु भन्ठान्नु भाछ। त्यसले उहाँनै गड्डामा पर्नुहुन्छ।’ 

प्रचण्डले निर्माणाधीन सिटि हलको अवलोकन गरे। केही दिनअघि प्रधानन्त्रीले शिलन्यास गरेको सिटि हल निर्माण हुन नदिन प्रधानमन्त्री नै सिटि हल बनाउने पक्षमा नभएको बताए। सिटि हल निर्माण र बजेट ल्याउन आफ्नो प्रधामन्त्रीसँग बहस र संघर्ष भएको बताए। ‘दुई तीन वर्ष नबनाउनका लागि मिहेनत गरेको मान्छे आएर शिलन्यास गर्नुभयो, यो मेरो र चितवनबासी जनता र यहाँको जनप्रतिनिधिको जीत ठानेको छु’ प्रचण्डले भने ‘विरोधी नै आएर शिल्नयास गर्नु भनेको त ठूलो कुरा होनि त।’ 
प्रधानमन्त्रीले भूमी आयोग एकलौटी कब्जा गरेर किसानहरुलाई भ्रम दिन लागि परेको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.