निर्वाचनको पक्षमा फैसला आए मुलुकमा रक्तपात मच्चिन्छ : भुसाल

निर्वाचनको पक्षमा फैसला आए मुलुकमा रक्तपात मच्चिन्छ : भुसाल

तानसेनः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लुम्बीनी प्रदेश ईन्चाज तथा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले पार्टी भित्र वैचारिक मन्थन नभएकै कारण केपी ओली जस्ता  तानाशाहको उदय भएको बताएका छन् । 

पाल्पा जिल्लाका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई तानसेनमा सम्बोधन गर्दै स्थायी कमिटी सदस्य ज्ञवालीले अब पनि पार्टीलाई नीति सिद्धान्त, वैचारिक परीक्षण बिना नेता मुखी पार्टी भए भोलि पार्टीको अर्काे तानाशाही ओलीवाद आउने चेतावनी दिए । 

नाम मात्र कम्युनिस्ट, काम सामन्तवादीको रुपमा परिणत भएको नेकपा अब केपी ओलीकै कारण सच्चिने मौका पाएको बताए । 

पूर्वकृषिमन्त्री एवं स्थायी कमिटी सदस्य घनश्याम भुसालले सर्वाेच्च अदालतले सेटिङमा निर्वाचनको पक्षमा फैसला आए मुलुकमा रक्तपात मच्चिने चेतावनी दिए । ‘प्रतिनिधिसभा विघटनको पक्षमा फैसला भए मुलुकमा रक्तपात मच्चिन्छ । विघटनकै पक्षमा फैसला भए पनि वैशाखमा निर्वाचन हुने अवस्था छैन’ उनले भने, ‘गलत फैसला भए मुलुकमा नीतिनियम विधिविधान सबै समाप्त भएर देश भासिने र हामी सबै समाप्त हुने अवस्था आउने छ । त्यसैले  सर्वाेच्च अदालत, न्यायाधीशले मुलुकको सर्वाेत्तम हितमा निर्यण गर्ने विश्वासमा छु ।’ 

नेता भुसालले जनमत संविधान विपरित फैसला भए पनि आगामी असार भित्र ओलीलाई सडकमा ल्याउने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीलाई लंकाको रावणसँग तुलना गर्दै नेता भुसालले दश टाउके रावणले अन्तिममा लंका नै ध्वस्त बनाएर आफू पनि सिद्धिएको दृष्टान्त सुनाउँदै भुसालले त्यसैगरी ओलीले पार्टी र देशलाई ध्वस्त बनाउँदै सिद्धिने अवस्थामा पुगेको बताए । 

कार्यक्रममा नेकपा माओवादी नेतृ एवं पूर्वसभामुख ओनसरी घर्तीमगर, केन्द्रीय सदस्य तुलाराम घर्तीमगर, ठाकुर गैरेले मुर्छित अवस्थामा रहेको संविधानलाई बचाउन,  प्रतिगमनलाई परास्त गर्न, ओलीजस्ता नव सामन्तवादी प्रवृत्तिको अन्त्यको लागि पार्टीले देशैभर भेला तथा प्रशिक्षण गर्दै आएको बताए । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.