एमएसओभी र एमआईभीको परीक्षण सफल

एमएसओभी र एमआईभीको परीक्षण सफल

दोलखा : बहुचर्चित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भूमिगत विद्युत् गृहमा रहेको एमएसओभी र एमआईभीको प्रेसर टेस्ट सफल भएको छ।

एक हप्ताभन्दा अघिदेखि एमएसओभी (ठाडो सुरुङबाट झरेको पानी ठोक्किने स्थान) र एमआईभी (६ ओटा टर्वाइनमा पानी बाँढिएर जाने स्थान)मा पानी पठाएर गरिएको प्रेसर टेस्ट सफल भएको हो। एमएसओभी र एमआईभीमा ८५० मिटरको हेडबाट पानी पठाएर गरिएको प्रेसर टेस्ट सफल भएकोे आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताए।

निकै संवेदनशील मानिएको उक्त परीक्षणमा मिलेको सफलताले आयोजना पनि सफलतातर्फ अगाडि बढेको प्रवक्ता न्यौपानेको भनाइ छ। डिजाइनमा परिवर्तन गरी एक्सपान्सन ज्वाइन र डिस्मेन्टेबल बक्सको सट्टा प्रयोग गर्न लागिएको करिब १० मिटर स्टिल पाइप नेपाल–भारत सिमानामा आई पुगेकाले अब आयोजना अन्तिम चरणमा पुगेको न्यौपानेले बताए।

आयोजनाको संशोधित कार्यतालिका अनुसार अनुसार नै अगाडि बढिरहेको आयोजनाले जनाएको छ। आयोजना कहिले बन्छ भन्नेमा शंका उत्पन्न भइरहेको समयमा प्रेसर टेस्ट सफल हुनु तथा डिस्मेन्टेबल बक्सको सट्टा प्रयोग गरिने पाइप बोर्डरसम्म आइपुग्नाले आयोजनाबाट छिट्टै विद्युत् उत्पादन हुने संकेत रहेको उनले बताए। पछिल्लो पटक सार्वजनिक गरिएको कार्यतालिका अनुसार आयोजनाबाट चैत्र मसान्तसम्म एउटा युनिटबाट परीक्षण विद्युत् उत्पादनको सुरु हुने आयोजनाको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.