महिला हिंसाविरुद्ध जाजरकोटमा प्रर्दशन

महिला हिंसाविरुद्ध जाजरकोटमा प्रर्दशन

जाजरकोट : देशभर महिलामाथि भइरहेका श्रृङ्खलाबद्ध हत्या, हिंसा र बलत्कारका विरुद्ध जाजरकोटका महिलाहरुले विरोध प्रर्दशन गरेका छन्। प्रचण्ड–माधव समूहको नेकपा निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) संघर्ष समिति जाजरकोटद्वारा आयोजित विरोध प्रदर्शन कार्यक्रमका वक्ताहरुले महिलाहरु दिनदाहाडै बलत्कृत हुँदा पनि सरकार रमिते भइरहेको भन्दै आक्रोश पोखेका छन्। 

'महिला हत्या, हिंसा र बलत्कारका घटना दिनप्रतिदिन बढिरहेका छन् सरकार के हेरेर बसेको छ ? निर्मला पन्तका हत्याराहरु अहिलेसम्म किन पक्रन सकेका छैनन् ?  निर्मला र भागरथी जस्तै सयौं किशोरीहरु कहिलेसम्म बलत्कृत भइ मृत्युवरण गरिरहनु पर्ने हो ?', अनेमसंघ जिल्ला संघर्ष समितिका संयोजक तथा कर्णाली प्रदेश सभा सदस्य कृष्ण शाहले सरकार सँग प्रतिप्रश्न गर्दै भनिन्, ‘महिलाहरुको न्यायको लागि हामी अहिले सडकमा आएका छौं।  फेरि यस्ता घटना दोहरिन नदिन सरकारले हत्याराहरुलाई हदैसम्मको कारवाही गरोस्।’ 

उनले प्रतिनिधि सभा भंग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई धोका दिंदै प्रतिगमनको बाटो रोजेको आरोप लगाइन्। नलगाड नगरपालिकाकी प्रवक्ता राममाया हमालले संचालन गरेको विरोध कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष ढकवीर राना, सचिवालय सदस्य कमान खड्का, विद्यार्थी नेता झरना चन्द लगायतका वक्ताले सरकारको चर्को आलोचना गरेका थिए। 

यसअघि जिल्लाका सात ओटै पालिकाबाट सदरमुकाम खलंगामा भेला भएका महिलाले बलत्कारीलाई फाँसीको माग गदै बजार परिक्रमा गरेका थिए। प्रतिनिधि सभा विघटनपछि अनेमसंघ जाजरकोटले संघर्ष समिति गठन गरी सबै पालिकामा विभिन्न विरोधका कार्यक्रम गर्दै आएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.