अन्तर क्लब राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन १७ गतेदेखि

अन्तर क्लब राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन १७ गतेदेखि

पोखरा : पोखरामा आगामी फागुन १७ देखि २६ गतेसम्म ‘सुपर जेनरल इन्टर क्लब टी–२० क्रिकेट’ प्रतियोगिता सञ्चालन हुने भएको छ। केएन स्पोर्टस प्रालिको आयोजनामा क्रिकेट खेलको विकासका लागि पोखरा रङ्गशालाको क्रिकेट मैदानमा क्लबस्तरीय राष्ट्रिय प्रतियोगिता गर्न लागेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक कमल थापाले बताए।

कोरोना कहरका कारण लामो समय क्रिकेट प्रतियोगिता नभएको अवस्थामा सो प्रतियोगिताले क्रिकेट खेलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान् खेलाडी उत्पादनमा सघाउने विश्वास आयोजकको छ। ‘खेल पर्यटन आजको आधार, क्रिकेट विकास हाम्रो सरोकार’ को नारासहित आयोजित प्रतियोगितामा गण्डकी प्रदेशका चार र वाग्मती प्रदेशका चार गरी आठ टोलीले सहभागिता जनाउने छन्।

प्रतियोगितामा चितवन क्रिकेट टिम, सुपर जेनरल पोखरा–११, प्यालिगन्स तनहुँ, बाग्लुङ क्रिकेट क्लब, स्याङ्जा क्रिकेट क्लब, बालुवाटार क्रिकेट क्लब काठमाडौँ, मिक्समाण्डु क्लब काठमाडौँ र स्टन एकेडेमी चितवन सहभागी हुने निश्चित भएको प्रतियोगिता संयोजक थापाले जानकारी दिए। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगका आधारमा प्रतियोगिता खेलाइने र समूहको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेता टोलीले नगद रु ५० हजारसहित ट्रफी, मेडल, प्रमाणपत्र तथा द्वितीय टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गर्नेछन्।

यसैगरी सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यानलाई छुट्टाछुट्टैरुपमा आकर्षक पुरस्कार प्रदान गरिने र हरेक खेलमा ‘म्यान अफ दी म्याच’लाई पुरस्कृत गरिने आयोजकले जनाएको छ। कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय सदस्य ऋषिराम गौतमले देशका सातवटै प्रदेशमा मुख्यमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि क्यानले आफ्नो क्यालेन्डरमा राखेको जानकारी दिँदै प्रतियोगिताका लागि प्रदेश सरकारसमक्ष प्रस्ताव पेश गरिएको जानकारी दिए।

क्यानले राष्ट्रिय प्रशिक्षकसहित आफ्नै स्रोतबाट सबै प्रदेशमा एक/एकजना क्रिकेटका प्रशिक्षक नियुक्त गरेको उनले बताए। कोरोना कहरका कारण लामो समय खेलकूद गतिविधि ठप्प भएको पोखरामा पछिल्लो समय खेलकूद प्रतियोगिता सञ्चालन भएका छन्। माघ अन्तिम साता ‘टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता’ सम्पन्न भएकामा फागुनको पहिलो साता मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता सञ्चालन भएको थियो।

यसैगरी वर्षेनि यहाँ आयोजना हुँदै आएको मोफसलको प्रतिष्ठित आहा रारा गोल्ड कप फुटबल पनि आगामी चैत पहिलो सातादेखि शुरु हुने तयारी छ। लामो समय खेल गतिविधि रोकिएकामा प्रतियोगिता सञ्चालन हुन थालेपछि खेलाडी र प्रशिक्षक उत्साहित भएका छन्। -रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.