एउटै मञ्‍चमा देउवा र पौडेलको दोहोरी : सानो चित्त नगर्नुहोस् रामचन्द्रजी

एउटै मञ्‍चमा देउवा र पौडेलको दोहोरी : सानो चित्त नगर्नुहोस् रामचन्द्रजी

चितवन : फागुन ११ गते प्रतिनिधिसभा पुनस्र्थापना भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारमा जाने वा नजाने विषयमा विभाजित देखिएको छ। पार्टी शीर्ष नेतृत्वबाटै फरकफरक धारणा सार्वजनिक भएका छन्। 

बुधबार चितवनमा आयोजित एउटै कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच यो विषयमा सवाल जवाफ नै भएको छ। कांग्रेसका पूर्वसंसद् एकनाथ रानाभाटको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्नेक्रममा सरकारमा जाने र नजाने विषयमा देउवा र पौडेलबीच सवाल जवाफ भएको हो। 

कार्यक्रममा पहिला सम्बोधन गरेका वरिष्ठ नेता पौडेलले पुनस्र्थापनाले एउटा संकट टरे पनि विकृतिबाट लोकतन्त्रलाई बचााउन तत्काल सरकारमा जानु नहुने धारणा राखे। हैसियत भन्दा बढी आकांक्षा राख्नु नहुने उनको भनाइ छ। पौडेलले कांग्रेस सानो संख्यामा भए पनि भूमिका ठूलो रहेकाले लोकतन्त्रको रक्षाका लागि अगाडि बढ्नुपर्ने बताए। 

 
‘आफ्नो हैसियताभन्दा बढी आकांक्षा राख्नु विकृति हो’, पौडेलले देउवातर्फ लक्षित गर्दै भने, ‘कांग्रेस सानो संख्यामा छ। तर, भूमिका ठूलो छ। प्रतिपक्षीको भूमिका सही तरिकाले निर्वाह गर्न सकियो भने मात्र लोकतन्त्रको रक्षा गर्न सकिन्छ।’ 
उनले अझै पनि कांग्रेस प्रतिपक्षीको भूमिकाबाट डगमगाउनु नहुनेमा जोड दिए। 

‘पुनस्र्थापनाले एउटा संकट टर्यो तर विकृतिबाट लोकतन्त्रलाई बचाउनुपर्छ। लोकतन्त्र सुरक्षित छैन। लोकतन्त्रमाथि देशी विदेशी शक्तिबाट षड्यन्त्र भएको छ’, पौडेलले भने, ‘जनताले भरोसा गर्ने पार्टी कांग्रेस हो। हामी प्रतिपक्षी भूमिकाबाट डगमगाउनु हुँदैन।’ 

सानो चित्त नगर्नुहोस् रामचन्द्रजी 

यसरी राजनीतिक विषयमा पौडेलले धारणा राखेपछि श्रद्धाञ्जली सभामै देउवाले सानो चित्त नगर्न सुझाव दिए। देउवाले राजनीतिक भाषा बोल्न नआएको तर पौडेलले बोलेपछि बोल्नु परेको भन्दै प्रधनमन्त्री नमाग्ने तर अफर आए नभाग्ने प्रष्ट पारे। 

‘राजनीतिक कुरा केही भन्नु छैन। कांग्रेस पदउन्मुख पनि छैन। टाउकोमा आए भाग्ने पनि छैन’, देउवाले भने, ‘प्रधानमन्त्री पाऊँ भनेको छैन, रामचन्द्रजी मैले। आयो भने भाग्नेवाला पनि छैन।’ 

देउवाले पौडेलप्रति व्यङ्ग्य गर्दै प्रधानमन्त्री हुन्छ भनेर चिन्ता नगर्न सुझावसमेत दिए। 

‘चिन्ता नगरेहुन्छ रामचन्द्रजी, तपाईले। म प्रधानमन्त्री भए पार्टीकै बन्ने त हो। अरु पार्टीको भन्दा आफ्नै पार्टीको भए तपाईलाई पनि फाइदा होला ! खुसी हुनुहोला भन्ने लाग्छ। तपाईंले शेरबहादुर हुँदै नहोस् भन्ने चाहनु हुन्न होला जस्तो लाग्छ’, देउवाले हाँस्दै भने, ‘सानो चित्त नगर्नुस रामचन्द्रजी, विशाल हृदय राख्नुहोस्। चित्तै सानो छ रामचन्द्रजीको भन्ने विश्वास भो। त्यसो नगर्नुस्।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.