पौडेलको समर्थन प्रचण्ड-नेपाल समूहलाई

पौडेलको समर्थन प्रचण्ड-नेपाल समूहलाई

चितवन : सत्ता समिकरणमा कांग्रेसको सहकार्य कुन पक्षतिर भन्ने विषयले चर्चा पाइरहेको बेला नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने नेकपाको प्रचण्ड-नेपाल समूहप्रति लचिलो देखिएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गरेर संसदीय प्रणालीको विरुद्ध लागेको भन्दै त्यस बाहेकका पक्षसँग सहकार्यमा सकारात्मक रहेको नेता पौडेलले बताएका छन् । नेपाल प्रेस युनियन चितवनले बिहीबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ नेता पौडेलले कुन दलसँग मिलेर जाने भन्ने निर्णय पार्टीभित्रको छलफलपछि हुने बताए ।

संविधानमा देखिएको संकटबाट मुलुकलाई निकाश दिन ओली समूहबाहेकका दलसँगको सहकार्य गर्ने विषयमा छलफल गर्न सकिने उनको भनाइ छ । उनले ओलीपक्षसँग सहकार्य गर्न नहुने तर्क गरेका छन् । 

' केपी ओलीले देशलाई जुन जोखिममा पार्नुभयो, व्यवस्था र संविधानलाई जुन जोखिममा पार्नुभयो यत्रो जोखिममा पार्ने व्यक्तिलाई अहिले कांग्रेसले सपोर्ट गर्नु कांग्रेसलाई नैतिकताले दिँदैन, 'उनले भने,' यतिखेरको राजनीतिमा दोषी अभियुक्त केपी ओली नै हुन् । ओलीबाहेकसँग समझदारी गरेर अहिलेको संकटलाई निराकरण गर्नुपर्छ पार लगाउनुपर्छ।'
 
प्रचण्ड- नेपाल समूहलाई प्रधानमन्त्री मानेर कांग्रेस सरकारमा जान तयार हो त भन्ने प्रश्नमा पौडेलले भने, 'त्यसमा पोजेटिभली छलफल हुन्छ।’  कांग्रेस सरकारमा किन जाने भन्ने औचित्य पुष्टि गरे मात्रै त्यसमा विचार गर्न सकिने उनले बताए । 

प्रतिपक्षीको भूमिकामा रहनुपर्ने अडानमा रहेका पौडेल सत्ता साझेदारीमा हैसियत स्पष्ट गरे मात्रै जान मिल्ने धारणा राखेका छन् । पौडेलले नेतृत्व अरुलाई दिएर पनि अघि बढ्न सकिने धारणा राखेका छन् । बुधबार पूर्वी चितवनको रत्ननगरमा आयोजित पार्टीको शोक सभामा पौडेलसँगै रहेका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने कुराले चिन्ता नगर्न भनेका थिए ।

अन्य दलसँग सहकार्य गर्ने भन्ने विषयमा छलफलका लागि आज हुने भनिएको पार्टीको पदाधीकारी बैठकमा आफूले केन्द्रीय समितिको बैठकको प्रस्ताव गर्न लागेको नेता पौडेलले जनाकारी दिए । 

'अरुलाई सहयोग गरेर पनि संकट पार लगाउन सक्छ । कांग्रेसले आफै मात्र हुनुपर्छ भनेर सोच्यो भने कांग्रेस फेरि भूमिकाबिहीन हुनसक्छ अरुको खेलौना बन्न सक्छ, 'उनले भने, 'त्यसकारण आफ्नो हैसियतमा रहेर सरकार चलाउन सघाउ पुर्‍याइदियो भने भने कांग्रेसको भूमिका महत्वपूर्ण हुन्छ। '

स्थानीय निकायको निर्वाचनमा सहकार्य गरेका तत्कालिन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहालले धोका दिएको भन्ने प्रसङ्गमा राजनीतिमा धोका भन्ने नहुने उनले धारण राखे । 

'राजनीतिमा त्यसरी चल्दैन, कसले कसलाई धोका दियो भन्नेमा, पौडेलले भने, ' जुनसुकै कम्युनिस्ट भएपनि हाम्रो अलग विचार र दर्शन हो ।'वरिष्ठ नेता पौडेलले विवादमा निर्वाचन आयोगले मुख हेरेर बसेको आरोप लगाए । 

'संवैधानिक आयोगले आफ्नो निर्णय जे हो त्यो समयमा दिनुपर्छ,' उनले भने । ओली सरकारले गरेका संवैधानिक नियुक्ती असंवैधानिक भएकाले सबै हट्नुपर्ने उनले बताए । 

पौडेल आफू प्रधानमन्त्री र राष्ट्रपति पदको आकांक्षी नभएको बताए । '  लोकतन्त्रका लागि लडाइ अझै बाँकी छ, म निरन्तर लड्छु,' उनले भने, 'राष्ट्रपति भएर लक्जरीयस पदमा रहेर म थन्किन चाहन्न।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.