आगलागीबाट घर जल्यो
भोजपुर : एक्कासी सल्केको आगोले एकघर पूर्णरुपमा जलेर नष्ट भएको छ । अरुण गाउँपालिका २, चम्पेको सिस्नेरीस्थित स्थानीय चुडामणि खनालको घर आगालागीमा परि पूर्णरुपमा ध्वस्त भएको हो ।
स्थानीय प्रकाश खनालका अनुसार शुक्रबार बिहान करिब ६ बजेतिर घरभित्रबाट धुँवा निस्किएपछि आगालागी सुरु भएको बताए । घरमा कोही नभएको समयमा आगलागी भएपछि नियोजित ढंगबाट आगो लगाइएको पीडित घरधनी चुडामणिले बताए । आगालागीमा परि घरभित्र रहेको लत्ताकपडा, मंहगो काठपात लगायत ४० लाख बराबरको मालसामान जलेर नष्ट भएको छ ।
केही समयदेखि खाली रहेको उक्त घरमा बिहान एक्कासी आगालागी भएको थियो । चारैतिर बन्द उक्त घरभित्र कसरी आगलागी भयो भन्ने यकिन भएको छैन।जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी ईन्स्पेक्टर प्रदिप लामाका अनुसार आगोलागीबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !