मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन अर्काे साता

मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन अर्काे साता

बेनी : म्याग्दीको अन्नपूर्ण–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाले आगामी हप्तादेखि परीक्षण उत्पादन सुरु गर्ने भएको छ।  

माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोलाले निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सकेर परीक्षण उत्पादनको तयारी गरेको हो। आयोजनाको परामर्शदाता इन्जिनियर दिवाकर खड्काले सुरुङ, पेनस्टक पाइपलाइन र विद्युत्गृहको परीक्षण सकेको बताए।  ‘दाना सबस्टेसनदेखि स्विचार्डसम्म ब्याकलोडमा प्रसारण लाइनको परीक्षण भइरहेको छ,’ उनले भने, ‘ड्याममा पानी थुनेर सुरुङमा पानी हाल्ने र टर्वाइन घुमाउने तयारीमा छौं।’ विद्युत्गृहमा जडान भएको जेनेरेटर, टर्बाइन र ट्रान्सफर्मरको पनि परीक्षण सकिएको छ। 

इन्जिनियर खड्काले अबको एक हप्तादेखि १० दिनभित्र मिस्ट्रीखोलाले परीक्षण उत्पादन सुरु गर्ने बताए। सन् २०१६ को जुन १३ मा सुरु भएको आयोजनाले नीलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ। दुई हजार २७०.५ मिटर सुरुङबाट ल्याइएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ।  बेसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाएको विद्युत्गृह नजिकै स्विचार्ड निर्माण गरिएको छ। बाँध क्षेत्रमा ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइका बालुवा थिग्राउने २ वटा भूमिगत पोखरी (क्यानल) बनाइएको छ। 

बेसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सबस्टेसनसम्म १३२ केभी क्षमताको ४ किलोमिटर प्रसारण लाइन निर्माण गरेको छ। ११ वटामध्ये गत बर्खामा आएको बाढीले एउटा टावर ढलाएको र अर्को कटानको जोखिममा परेको थियो। जोखिममा परेको टावर स्थानान्तरण र ढलेको पुननिर्माण गरिएको हो।  

पाँच अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकबाहेक नेपाल इन्भेस्टमेन्ट बैंकले ७० करोड रुपैयाँ, जलविद्युत् विकास कम्पनीले एक अर्ब रुपैयाँ र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन्। 

यसैगरी नबिल बैंकले एक अर्ब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलपमेन्ट बैंकले ३० करोड रुपैयाँ ऋण लगानी गरेको छ। आयोजना निर्माण स्थल नारच्याङका बासिन्दालाई ७ लाख ३ हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य ७ वटा वडाका बासिन्दालाई १० लाख कित्ता सेयर बाँडफाट गरिएको छ।  साधारण सेयर पनि बाँडफाँट भइसकेको छ। विद्युत् विकास विभागले २०६४ सालमा जनेरेसन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो। नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सबस्टेसन बनाउन ढिलाइ गर्दा आयोजना ९ वर्षपछि निर्माण सुरु भएको हो।  मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.