बस्ती बन्यो, तर कच्चा

बस्ती बन्यो, तर कच्चा

गोरखा : धार्चे गाउँपालिका–४ गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमुना बस्ती चिरिच्याट्ट देखिन्छ। तर, यहाँ बनाइएका घरका संरचना कच्चा रहेको भन्दै लाप्राकका बासिन्दाले असन्तुष्टि जनाएका छन्।

‘ढोका पनि प्लास्टिकको छ, झ्याल पनि प्लास्टिकको छ’, वडाध्यक्ष राज गुरुङले भने, ‘बाहिर बोक्रो, भित्र खोक्रो भनेजस्तो छ। सानोतिनो ठक्करले पनि कतिपय घरका झ्यालढोका फुटिरहेका छन्। घर असुरक्षित भयो।’ काठका झ्यालढोका बनाउन वडा र गाउँपालिका कार्यालयले जति अनुरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो वडाध्यक्ष गुरुङले गरे।

भूकम्पका कारण विस्थापित भएका लाप्राकवासीलाई पुनःस्थापित गराउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यो बस्ती निर्माण गरेको हो। बस्तीमा ५ सय ७३ वटा घर निर्माण सम्पन्न गरेको छ। भूकम्प गएकै दिन वैशाख १२ गते स्थानीयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको एनआरएनएले जनाएको छ।

सक्नेले एनआरएनएले बनाएको झ्यालढोका फालेर आफैंले बनाएका छन्। ‘भन्न त हामीले हस्तान्तरण नगरेसम्म यो झ्यालढोका नफाल्नू भनेका थिए। तर, मैले नै हो सबैभन्दा पहिले फालेको’, साविक लाप्राक गाविसका पूर्वउपाध्यक्ष बिसबहादुर गुरुङले भने, ‘जस्ता पनि यति कच्ची छ कि, वडाध्यक्षको घरको जस्ता पनि प्वाल परिसक्यो। अरू ३०–३५ वटा घरका जस्ता प्वाल परेका छन्।’

एनआरएनएको भर पर्दा स्थानीयले अरू धेरै अवसर गुमाउनुपरेको उनले बताए। ‘गुप्सीमा सात बेडको अस्पताल बनाउन एउटा संस्थाले बल गरेको थियो। आफूले काम गरेको ठाउँमा अरू संस्थाले काम गर्न नपाउने भनेर एनआरएनएले छिर्नै दिएन’, उनले भने, ‘अहिले घरको न घाटको भयो। न संस्थाले बनाउन पायो न त एनआरएनएले बनायो। शौचालय आ–आफैँ बनाऊ, पैसा दिन्छु भनेको थियो, दिएन। घरमा प्रयोग भएको काठको १२ हजार सात सय रुपैयाँका दरले दिन्छु भनेको थियो, त्यो पनि अत्तोपत्तो छैन।’

समन्वय र सहकार्य नै नगर्ने भन्दै स्थानीय रुष्ट भएका छन्। ‘चार–पाँचवटा हेलिकप्टरमा सररर आउँछन्, जान्छन्। हामीसँग सम्बन्ध, समन्वय केही हुँदैन। हामीले बोलेको कुरा पानीमा लठ्ठी हानेजस्तो हो, कुनै निष्कर्ष आउँदैन’, उनले भने।

बस्तीभित्र ढल, नाली, बाटो, आँगन केही पनि नबनेको स्थानीयको गुनासो छ। ‘पहिले राम्रो राम्रो कुरा गरेका थिए। अहिले अधुरो घर दिन लागेका छन्’, स्थानीय दम्नी गुरुङले भनिन्, ‘झ्यालढोका फेर्नुपर्छ, भर्‍याङ हाल्नुपर्छ, सिमेन्ट प्लास्टर गर्नुपर्छ’, उनले भनिन्, ‘छानाको जस्ता फेर्नुपर्छ, तलामा फलेक हाल्नुपर्छ।’ एनआरएनएले अधुरो काम गरेको भन्दै उनले गुनासो गरिन्।

गुप्सीमा ल्याएको खानेपानी आयोजना पनि बिग्रिएको छ। ‘केयर नेपालले १४ किमि टाढाबाट खानेपानीको योजना ल्याएको थियो। तर, अहिले सयभन्दा धेरै ठाउँमा टुटफुट भएको छ’, पूर्व गाविसअध्यक्ष गुरुङले भने, ‘हामीलाई त यो बस्ती नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छाबाउको अनुहारजस्तो भएको छ।’
 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.