सप्तरीको पशु फार्ममा आगलागी, २० वटा गाई मरे

सप्तरीको पशु फार्ममा आगलागी, २० वटा गाई मरे

राजविराज: सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ मा शुक्रबार विद्युत सर्ट भइ आगलागी हुँदा २० वटा गाई मरेका छन् ।

अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ स्थित कृष्णाराम बहुउद्देश्यीय पशु फार्ममा शुक्रबार भएको आगलागीमा २ वाछासहित २० वटा गाईको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

आगलागीमा २० वटा गाईसहित दानालगायत सरसमान र गोठ पूर्ण रुपले जलेर नष्ट हुँदा ३१ लाख ४० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले बताए ।

अग्नीसाईर कृष्णासवरन गाउँपालिका–६ का मनोजकुमार साह र दिनानाथ साहले संयुक्त रुपमा सञ्चालन गरेको पशु फार्ममा भएको आगलागीले फार्म सञ्चालक दिनानाथ समेत घाइते भएका छन् ।

उनी गोठमा सुतेका थिए । गाईलाई आगोबाट जोगाउने क्रममा दिनानाथ घाइते भएको बताइएको छ । घाइते दिनानाथको स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको छ । आगलागीबाट १० वटा गाईलाई भने घाइते अवस्थामा उद्वार गर्न सफल भएको सञ्चालक दिनानाथले बताए ।

फर्म सञ्चालक साहका अनुसार आगलागीले करिब ६० लाख मूल्य बराबरको धनमाल क्षति भएको छ । कञ्चनरुप नगरपालिकाको बारुणयन्त्रको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीले ३ घण्टा पछि आगो नियन्त्रणमा लिएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.