प्रहरीले कांग्रेसलाई अनावश्यक दुःख दियोे : देउवा

प्रहरीले कांग्रेसलाई अनावश्यक दुःख दियोे : देउवा

धरान : कांग्रेस सभापति शेरबहादुर देउवाले प्रहरीले कांग्रेस कार्यकर्तालाई अनावश्यक दुःख दिन थालेको आरोप लगाएका छन् । 

मंगलवार सुनसरीको धरानमा नेपाल दलित संघले आयोजना गरेको ५६ औं अन्तर्राष्ट्रि जातीय विभेद उन्मुल दिवसको अवसरमा आयोजित अन्र्तक्रिया कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् । 

देशभर नेपाल प्रहरीको भूमिका राम्रो नभएको भन्दै देउवाले नेपाल प्रहरीको आचरणविरुद्ध खुलेरै विरोध जनाए । देशभरका जनता कांग्रेस हुनेक्रम दैनिक बढिरहेको अवस्थामा प्रहरीले कांग्रेस किन भइस, भन्दै प्रश्न गर्ने, पक्राउ गर्ने अनाहकमा हिरासतमा राख्ने क्रम बढेको भन्दै देउवाले प्रहरीको आचरण सुधार गर्न आग्रह गरेका छन् । 

उनले अहिले कांग्रेसलाई दुःख दिने प्रहरीलाई कांग्रेसको सरकार आएपश्चात ठेगान लगाउनेसमेत चेतावनी दिएका छन् । देउवाले कांग्रेस कार्यकर्तालाई अनावश्यक दुःख दिने प्रहरीको नामथर, ठेगाना र दर्जासमेत टिपेर केन्द्रीय कार्यालयमा पठाउन समेत कार्यकर्तालाई निर्देशन दिएका छन् । 

केपी ओली नेतृत्वको सरकार नेकपा एमाले र माओवादी केन्द्रको बहुमत प्राप्त संयुक्त सरकार हो । यो सरकारलाई माओवादीले दिएको समर्थन फिर्ता नलिएका कारण आफू कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नसक्ने उनको भनाइ थियो । 

सरकारको विकल्पका बारेमा माओवादीले समर्थन फिर्ता लिएका खण्डमा मात्र कांग्रेसले आफ्नो धारण सार्वजनिक गर्ने देउवाले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.