‘आधा नेपालीमा सुषुप्त टीबी’

‘आधा नेपालीमा सुषुप्त टीबी’

ललितपुर : विज्ञले नेपालमा कुल जनसंख्याको आधा हिस्सालाई सुषुप्त अवस्थाको (लक्षणबिनाको) क्षयरोग (टीबी) हुन सक्ने बताएका छन्। विश्व क्षयरोग दिवसका अवसरमा बुधबार जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले आयोजना गरेको कार्यक्रममा यसबारे जानकारी दिइएको हो। क्षयरोगसम्बन्धी काम गर्दै आएका गौरीशंकर जोशीले सुषुप्त खालको क्षयरोग कुनै पनि समय सक्रिय हुन सक्ने बताए।

जोशीका अनुसार प्रतिरोधात्मक क्षमता कमजोर भएका बेला क्षयरोगका कीटाणु सक्रिय हुन थाल्छन्। क्षयरोग लागेर प्रत्येक दिन औसतमा ४६ जनाको मृत्यु भइरहेकाले सामान्य नठान्न जोशीले आग्रह गरे। एक जना क्षयरोगीबाट कम्तीमा १५ जनालाई सर्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उनले बताए।

स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारीअनुसार क्षयरोगका कुल बिरामीमध्ये १३ प्रतिशत उपत्यकामा छन्। हिमाली क्षेत्रमा ३ प्रतिशत, पहाडमा २५ र अन्य तराईका जिल्लामा बिरामीको संख्या धेरै देखिएको छ।  उपत्यकाको जनघनत्व धेरै भएकाले १३ प्रतिशतबाट धेरैमा सर्न सक्ने जोखिम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य कार्यालयका अधिकृत राजाराम अधिकारीले जनसंख्याको चाप धेरै भएको ठाउँमा संक्रमणको दर उच्च रहेको बताए। उनका अनुसार ललितपुरमा ३ सय ४  जना क्षयरोगी छन। ललितपुर महानगरपालिकामा १ सय ९५, महालक्ष्मी नगरपालिकामा ४९, गोदावरीमा ४७, कोन्जोस्योम र महांकाल गाउँपालिकामा ५/५ र बागमतीमा ३ जना बिरामी छन्।

२०७६ सालमा ७७ वटै जिल्लाका ९९ क्लस्टरमा गरिएको परीक्षणमा १ लाख १७ हजार जना क्षयरोगी भेटिएको उनले जनाए। उनका अनुसार पहिलेको तुलनामा १.८ प्रतिशतले बिरामी बढेका छन्। प्रत्येक वर्ष ६९ हजार बिरामी बढ्ने अनुमान गरिएको छ।

स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले मृत्युको प्रमुख कारक १० रोगमध्ये क्षयरोग सातौं नम्बरमा छ। ८० प्रतिशत फोक्सो र २० प्रतिशत शरीरका अन्य भागमा यसको संक्रमण रहेको अध्ययनले देखाएको छ। १५ वर्षभन्दा माथिका बिरामी धेरै छन्। गेलालका अनुसार २०७०/०७१ मा ३४ हजार १ सय १२ बिरामी देखिएका थिए। २०७१/०७२ मा ३२ हजार ५६, २०७२/०७३ मा ३१ हजार ७ सय ६४, २०७३/०७४ मा ३२ हजार ४ सय ७४, २०७५/०७६ मा ३२ हजार ४३ बिरामी भेटिएका थिए। २०७६/०७७ मा २७ हजारमा झरेको छ।

क्षयरोगलाई ९१ प्रतिशत उपचार गर्न मिल्ने तथा निको हुने सम्भावना रहेको मानिन्छ। नेपाल सफल उपचार गराउने मुलुकमा पर्छ। क्षयरोगका बिरामीमा पुरुषको संख्या ६४ प्रतिसत देखिएको गेलालले जनाए। ३६ प्रतिशत महिलामा क्षयरोगको समस्या छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.