खैरो हिरोइनसहित चारजना पक्राउ
धरान : खैरो हिरोइन कारोवारमा संलग्न चारजनालाई धरान प्रहरीले पक्राउ गरेको छ । बिहीबार धरान उपमहानगरपालिका-१५ स्थित श्याम चोकबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले बताएका छन् ।
लामो समयदेखि भारतबाट तस्करी गरी खैरो हिरोइन धरान ल्याएर कारोवार गर्ने गरेको गोप्य सूचना प्राप्त गरेको प्रहरीले उनीहरुलाई पक्राउ गरी जिल्ला अदालत सुनसरीमा ७ दिनको म्याद थप गरी हिरासतमा लिएको छ ।
खैरो हिरोइन कारोवारमा संलग्न धरान-१५ का मनुष तामाङ, सुजन धमला, अर्पण धमला, विधान आलेमगरलाई पक्राउ गरिएको डीएसपी बस्नेतलले जाकारी दिए । पक्राउ परेकाको साथबाट ११ ग्राम खैरो हिरोइन बरामद गरिएको छ ।
पक्राउ परेका चारैजना खैरो हिरोइन सेवनकर्ता र कारोवारीसमेत रहेको प्रहरीले जनाएको छ । उनीहरुले भारतको जोगवनी, भाण्टावारी नाका हुँदै खैरो हिरोइन धरान ल्याएर विक्री गर्ने गरेको प्रहरी समक्ष वयान दिएका छन् ।
प्रतिक्रिया दिनुहोस !