बगनासकाली गाउँपालिका लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका

बगनासकाली गाउँपालिका लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका

तानसेन : पाल्पाको बगनासकाली गाउँपालिकालाई लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको छ। बालमैत्रीका सबै सूचकहरु पूरा गरी गाउँपालिकाले एक कार्यक्रम गरी पालिकालाई नै बालमैत्री गाउँपालिका घोषणा गरेको हो। गाउँपालिकाकी बाल सञ्जाल अध्यक्ष ईन्दु गाहाले पालिकालाई बालमैत्री पालिका भएको घोषणा गरिन्।  

अबका दिन बगनासकाली भित्रका बालबालिकाले सबै किसिमको अधिकार प्रयोग गर्न पाउने भाग्यमानी बालबालिका भएको भन्दै अध्यक्ष गाँहा खुसी भइन्। 
गाउँपालिका अध्यक्ष कृष्णप्रसाद आफ्नो गाउँपालिका भित्र कुनै पनि बालबालिका अभिभावकविहीन बस्न नपर्ने बताए। गरिब, असहाय, अनाथ बालबालिकाको सबै कसिमको अधिकार तथा सेवा सुविधाको गाउँपालिकाले बजेटको सुनिश्चितता गरेको पालिका अध्यक्ष बस्यालले प्रतिवद्धता जनाए। 

बालबालिकाका सबै किसिमका अधिकार रक्षाको नीतिगत रुपमा पालिकाले कानुन बनाएर कार्यन्वयनको लागि पक्रिया बढाएको उनको भनाइ छ।  
गाउँपालिकाले सबै विद्यालयलाई बालमैत्री विद्यालय घोषणा गरेको, सबै बालबालिकाको शतप्रतिशत जन्मदर्ता गराएको, सबै गर्भवती महिलाको अनिवार्य ४ पटकसम्म गर्भ परीक्षणदेखि शत प्रतिशत गर्भवती महिलाहरु अस्पताल तथा बर्थिङ्ग सेन्टरमा मात्र सुत्केरी हुँदै आएको,  विद्यालयका लागि निर्धारण गरिएका ५० वटा सूचकहरु पूरा गरिएको, पालिकाभित्र बालश्रमिकहरु शुन्य रहेको, सबै बालबालिकाहरु विद्यालयको पहुँचमा पुगेको लगायत ९५ प्रतिशतभन्दा बढी सुचकहरु पूरा भएकोले नेपालका ४६० गाउँपालिकामध्ये बगनासकाली गाउँपालिका मुलुककै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको अध्यक्ष बस्यालले बताए। बालमैत्री पालिकाको  दीगोपन सुनिश्चितताको लागि सरोकारवाला सबैपक्षको  सहयोग अनिवार्य रहेको पालिकाले जनाएको छ। 

गाउँपालिकाले बालमैत्री रणनीति दीगोपना सुनिश्चितताको लागि घरदैलो कार्यक्रम, जनचेतना, प्रचार प्रसार र सरोकारवालाको अनुगमन, गाउँपालिकाका पदाधिकारीसहितको टोलीले निरीक्षण तथा अनुगमन पछि अनुगमन समितिले प्रतिवेदन पेश गरेपछि प्रतिवेदनका आधारमा गाउँपालिकालाई  बालमैत्री  घोषणा कार्यक्रम गरिएको उपाध्यक्ष सरस्वती चिदीले बताइन्।

बालमैत्री पालिका घोषणाको लागि गाउँपालिकाले ९ वटै वडामा बाल सञ्जाल बनाएर अभियानलाई अगाडि बढाएको फोकल पर्सन गुनाराम खनालले बताए।  पालिकाले बालमैत्री वातावरण निर्माणको लागि ९ वटै वडामा ९५ वटा बालक्लव गठन गरेको छ। बालमैत्री घोषणाको लागि सबै सूचकमा कम्तीमा ८० अंक प्राप्त गर्नुपर्ने भए पनि शिक्षा र स्वास्थ्यका सबै सूचकमा पालिकाले यसअघि नै शतप्रतिशत अंक हासिल गर्ने गरी काम सकाएको पालिकाले जनाएको छ। पालिकालाई गत वर्ष नै बालमैत्रीपालिका घोषणा गर्ने तयारी भए पनि कोभिडको कारण काम रोकिएको जनाएको छ । पालिकाले यसअघि पूर्ण संस्थागत सुत्केरी भएको गाउँपालिका, फुसको छानारहित गाउँपालिका घोषणा गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.