न्यायाधीश नहुँदा म्याग्दी अदालतको सेवा ठप्प

न्यायाधीश नहुँदा म्याग्दी अदालतको सेवा ठप्प

बेनी: न्यायाधीश अभावमा म्याग्दी जिल्ला अदालतको सेवा एक महिनादेखि ठप्प भएको छ ।

२०७७ फागुन २९ गते उच्च अदालतको न्यायाधीशमा बढुवा भएका जिल्ला अदालतका न्यायाधीश माधवेन्द्रराज रेग्मीको चैत ४ गते सरुवा भएको थियो । रेग्मीको ठाउँमा अर्का न्यायाधीश सरुवा भएर नआउँदा अदालत करिब एक महिनादेखि न्यायाधीश विहीन बनेको हो ।

रेग्मीको ठाउँमा सर्वोच्चले जनकपुर जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेललाई म्याग्दीमा सरुवा गरेको थियो । मुद्दाको सुनुवाई, फैसला, मिलापत्र लगायत सेवा रोकिएको जिल्ला अदालत म्याग्दीका श्रेष्तेदार भेषराज पौडेलले बताए ।

‘मुद्दाको पुनरावेदन गर्ने अधिकार श्रेष्तेदारलाई भए पनि पुनबिचार गर्ने अधिकार न्यायाधीशलाई मात्र हुन्छ,’ उनले भने ‘मुद्दाको पुर्नबिचार गर्ने न्यायाधीश नहुँदा केही बन्दी बढी समय हिरासत र कारागारमा बस्नुपरेको छ ।’

कानुन ब्यवसायी चिरञ्जिबी शर्माले महिनौसम्म न्यायाधीश नहुँदा नागरिकको मौलिक अधिकारसँग जोडिएको न्याय सेवा प्रभावित भएको बताए । ‘मुद्दाको चाप, सिमित जनशक्ति र झन्झटिलो प्रक्रियाले न्याय सेवामा त्यसै ढिलासुस्ती हुन्छ,’ उनले भने ‘महिनौसम्म न्यायायधीश नहुँदा सेवाग्राहीलाई झन बढी मर्का परेको छ ।’

सबैभन्दा बढी बैदेशीक रोजगार प्रयोजनका लागि अदालतमा विवाह र सम्बन्ध बिच्छेद गर्नेहरु प्रभावित भएका छन् । जापान, अष्ट्रेलिया, अमेरिका लगायत देशमा आश्रित भिसामा जानका लागि कागजी प्रक्रिया पूरा गर्न अदालतमा विवाह र सम्बन्ध बिच्छेद गर्ने क्रम बढेको छ ।

जनकपुर अदालतमा न्यायाधीश पौडेलले हेरिरहेका मुद्दा टुङ्गो लगाउनुपर्ने र फैसला भएका मुद्दाको पूर्ण पाठ तयार पार्न समय लाग्ने भएकाले म्याग्दी आउन ढिलाइ भएको श्रेष्तेदार पौडेलले बताए ।

मुद्दाको पुर्णपाठ तयार पार्न २१ दिन र सरुवा भएको ठाउँमा पुग्न बाटोमो म्याद सात दिनको हुन्छ । न्यायाधीश पौडेलले बैशाख ६ गते म्याग्दी आउने तयारी गरेको अदालतले जनाएको छ ।

म्याग्दी जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०७७/७८ को साउन देखि चैत महिनासम्म २२६ वटा मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षबाट १५३ वटा मुद्दाको जिम्मेवारी सरेर आएका थिए । १७५ वटा मुद्दाको फैसला भएको छ।

यस्तै अदालतले विभिन्न समयमा गरेको फैसला अनुसार पाँच करोड ४३ लाख २८ हजार ४२७ रुपैयाँ जरिवाना र ७५० वर्ष तीन महिना २६ दिन कैद सजाय असुल उपर गर्न बाँकी छ । गत आर्थिक वर्षको जिम्मेवारी सरेको ९५ लाख २४ हजार ३४९ रुपैयाँ र यस वर्ष थपिएको आठ करोड १४ लाख ४६ हजार ६८३ रुपैयाँ मध्य तीन करोड ६६ लाख ४४ हजार ६०५ रुपैयाँ असुल उपर भएको छ ।

जिम्मेवारी सरेर आएको पाँच लाख ६२ हजार ६४ रुपैयाँ र यो आर्थिक वर्षको तीन करोड ६० लाख ८२ हजार ५४१ रुपैयाँ असुल भएको हो । नौ महिनाको अवधिमा २३५ वर्ष ११ महिना १ दिन कैद सजाय फस्यौट भएको अदालतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.