डढेलो निभाउने क्रममा एक जनाको ज्यान गयो

डढेलो निभाउने क्रममा एक जनाको ज्यान गयो

बेनी: खरबारीमा लागेको डढेलो निभाउने क्रममा म्याग्दीको बेनी नगरपालिका–४ थामडाडाँमा बिहीबार दिउँसो एक जनाको मृत्यु भएको छ ।

पर्वतको जलजला गाउँपालिका–५ धौलापाराका ६० वर्षीय मनबहादुर गुरुङको डढेलो निभाउने क्रममा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

आगोबाट बच्न भाग्ने क्रममा भीरबाट लडेका गुरुङको घटनास्थलमै मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले बताए । गुरुङ थामडाडास्थित मावली घरमा बसेर ज्यालादारी काम गर्दै आएका थिए ।

तमबहादुर बिकले आफ्नो बारीमा कसिङ्गर पोल्न लगाएको आगो धनबहादुर गुरुङको खरबारी हुँदै थामडाडा सामुदायिक वनमा फैलिएको छ । तमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयबासीले डढेलो नियन्त्रणमा लिन खटिएका छन् ।

यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको कमनाथमा रहेको फर्निचर उद्योगमा बिहीबार बिहान आगोलागी हुँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

केशव पाइजाले सञ्चालन गरेको पाखा पानी फर्निचर उद्योगमा आगोलागी भएको हो । बिहान करिब चार बजेदेखि सुरु भएको आगोलागी ६.३० बजेतिर नियन्त्रणमा आएको अमर मावि पाखापानीका प्रअ युकुमार गर्बुजाले बताए ।

स्थानीयबासी र पाखापानी प्रहरी चौकीको टोली आगो निभाउन खटिएका थिए । आगोलागीबाट उद्योगमा रहेका तयारी फर्निचरका साथै काठ जलेर नष्ट भएको छ । चार लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रअ गर्बुजाले बताए ।

लामो खडेरीसँगै सामुदायिक, राष्ट्रिय, आरक्ष र संरक्षण क्षेत्रका वनमा केही दिनयता डढेलो लाग्ने क्रम बढेको छ । डढेलोले २०७७ चैत मसान्तसम्म म्याग्दीमा एक हजार छ सय हेक्टर भन्दा बढी क्षेत्रफलको बन सखाप पारेको डिभिजन वन कार्यालयले जनाएको छ ।

११४ ठाउँमा एक हजार ६३८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.