असिनाले तरकारी नष्ट

असिनाले तरकारी नष्ट

धनकुटा : छथरजोरपाटी गाउँपालिका–६ का अमरबहादुर थापाले २५ रोपनीमा बन्दा, आलु, मटर र साग बाली लगाएका थिए। तर, बिहीबार साँझ असिनाले सबै नष्ट गरेको छ। ८ लाख रुपैयाँ नोक्सानी भएको थापाले बताए। ‘आलुबाहेक बन्दाकोभी, मटरकोसा र साग टिप्ने बेला हुन लागेको थियो’, थापाले भने, ‘तर, विनाशकारी असिनाले सबै सोत्तर बनायो।’

उनले लघुवित्त र सहकारीबाट ३ लाख रुपैयाँ ऋण काढेर तरकारी खेती गरेका थिए। तरकारी नष्ट भएपछि ऋण कसरी तिर्ने भन्ने चिन्ता भएको छ। यस्तो विनासकारी असिना २९ वर्षअघि २०४९ सालमा परेको उनको भनाइ छ। त्यसयता असिना परे पनि तरकारी बाली क्षति परेको थिएन। अर्का स्थानीय दीपक गुरुङको २० रोपनीमा फलेको तरकारी असिनाले चुटेर नष्ट गरिदिएको छ। 

‘बिहीबार बिहानसम्म वारी तरकारीले हरियै देखिन्थ्यो’, गुरुङले भने, ‘शुक्रबार बिहान हेर्दा जग्गा मात्रै देखें।’ ३ लाख रुपैया नोक्सानी भएको उनले बताए।

अर्का किसान शेरबहादुर विष्टको १० रोपनी वारीमा बन्दाकोभी फलेको थियो। केही दिनभित्रै टिपेर बजार लैजाने उनको योजना थियो। तर असिनाले नष्ट गरि जमिनमै मिलाइदिएको दुखेसो उनले पोखे।

जिल्लामै सबैभन्दा बढी तरकारी उत्पादन हुने क्षेत्र हो, छथरजोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिका। यी दुई स्थानीय तहमा असिनापानीले ३० करोड रुपैयाँबराबरको तरकारी बाली नष्ट भएको प्रारम्भिक तथ्यांक छ। छथरजोरपाटीका ६ र २ वडामा पूर्ण र १ र अन्य वडामा आंशिक क्षति पुगेको छ। प्रारम्भिक विवरण हेर्दा १५ करोड रुपैयाँबराबरको क्षति भएको कृषि शाखा प्रमुख मिलन कार्कीले बताए। महालक्ष्मीका १, २, ३, ८ र ९ वडाका किसानले लगाएका तरकारी बालीमा असिनाले क्षति पुर्याउँदा १५ करोड रुपैयाँ नोम्सानी भएको प्रारम्भिक अँकडा आएको नगर प्रमुख पर्शुराम नेपालले बताए।   

करिव २ हजार घरपरिवार किसानले लगाएका बन्दाकोभी, काउली, आलु, मटरकोसा, सागलगायत तरकारी बाली असिनाले नष्ट बनाएको छ। त्यस्तै, रोप्न तयारी अवस्थामा रहेका वेर्नालाई असिनाले क्षति बनाएको छ। असिनाले किसानका टनेल घरका प्लास्टिक मात्रै होइन किसानका घरको टिनको छानोसमेत प्वाल बनाइदिएको छ।सुलभ ऋण तथा वचत सहकारी संस्था सिँधुवाका अध्यक्ष मेघेन्द्र गुरुङले  किसानले रायो र मटरकोसाको ६० प्रतिशत बाली लिइसकेको बताए। अहिले क्षति भएको ४०÷४० प्रतिशत मात्रै हो। अगुवा काउली किसानले टिप्न मात्रै लागेका थिए। काउलीमा शतप्रतिशत क्षति पुगेको छ।

बिहीबार अपराह्न ४.३० देखि ५:३० बजेसम्म एक घण्टा लगातार असिनपानी परेको थियो। तरकारीले बालीले हरियाली देखिएको डाँडा एकै छिनमा सेताम्मे भएको थियो।  सबैले वित्तीय संस्थाबाट ऋण लिइ तरकारी बालीमा लगानी गरेका छन्। सरकारले वित्तीय संस्थाको किस्ता केही महिना सार्न, केही प्रतिशत ब्याज मिनाहा र विउविजन उपलब्ध गराउन सके पीडित किसानलाई केही हदसम्म राहत हुने उनको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.