एकै टोलका ५८ जनाको कोरोना परीक्षणमा ४८ जनामा संक्रमण

एकै टोलका ५८ जनाको कोरोना परीक्षणमा ४८ जनामा संक्रमण

ताप्लेजुङ : ताप्लेजुङमा ५८ जनाको पीसीआर परीक्षण गर्दा ४८ जनामा कोरोना भाइरस पुष्टि भएको छ । फुङलिङ बजारको तोक्मेक्षेत्रका एकै टोलका ४८ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले बताइन् । 

जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनसहित १० जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । योसहित फुङलिङ नगरपालिकामा सक्रिय संक्रमितको संख्या १ सय ६ पुगेको छ । परीक्षण गरिएका ८२ प्रतिशत बढीमा संक्रमण देखिएपछि स्थानीय त्रसित भएका छन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका तोक्मेका एक युवाको वैशाख १९ गते मृत्यु भएको थियो । 

उनको स्वाब भने परीक्षण गरिएको थिएन । छिमेकका परीक्षण गराएका सबैलाई कोरोना पुष्टि भएको खरेलको भनाइ छ । अब बजार क्षेत्रमा थप उच्च सतर्कता अपनाउन आवश्यक रहेको उनले बताइन् । बजार क्षेत्रकै अन्य तीन जनाको भने कोरोनाकै करण मृत्यु भइसकेको छ । 

संक्रमितहरु होम आइसोलेसनमा बसिरहेका छन् । अधिकांशलाई सामान्य रुघाखोकी, ज्वरो, टाउको दुख्ने लक्षण देखिएपछि गम्भिर असर भने नरहेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.