प्रदेश १ मा कोरोना कहर : २८ दिनमा १०६ जनाको मृत्यु

प्रदेश १ मा कोरोना कहर : २८ दिनमा १०६ जनाको मृत्यु

विराटनगर : दोस्रो चरणको कोरोना संक्रमणले प्रदेश १मा २८ दिनमा एक सय ६ जनाको मृत्यु भएको छ । नयाँ वर्ष वैशाख १ गते देखि २८ वैशाखसम्म प्रदेश १मा कोरोना संक्रमणले एक सय ६ जनाको मृत्यु भएको हो  ।

सामाजिक विकास मन्त्रालयका अनुसार वैशाख महिनाको अन्तिम साता मृत्युदर अत्याधिक बढेको छ । यो साता दैनिक आठजनाका दरले संक्रमितको मृत्यु भइरहेको छ । वैशाख २२ गते एकैदिन १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोमबार (वैशाख २७) मात्रै ११ जना संक्रमितको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । संक्रमणको दोस्रो लहरपछि सोमबारसम्म ९७ जनाको मृत्यु थियो ।

सोमबार बेलुकादेखि मंगलबार बिहानमात्रै प्रदेश १ का विभिन्न अस्पतालमा थप ९ जनाले ज्यान गुमाइसकेका छन् । प्रदेश १ मा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ सय ७७ रहेको छ । जसमध्ये प्रदेश १ मै स्थायी ठेगाना भएका मृतकको संख्या ५ सय २९ पुगेको हो ।

मन्त्रालयका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएपछि पहिलो मृत्यु बैशाख ३ गते भएको थियो । त्यसपछि वैशाख ८ गते १, ९ गते २, ११ मा ४ र १२ गते १ जनाको मृत्यू भयो । त्यसैगरी वैशाख १३ मा २, १४ मा २, १५ मा २, १६ मा ४, १७ मा २ जनाको मृत्यु भयो ।

वैशाख १८ मा ३, १९ मा ५ र २० मा सबैभन्दा बढी ६ जनाको मृत्यु भएको थियो । वैशाख २१ यता दैनिक मृत्युदर ८ जना रहेको छ । मन्त्रालयको तथ्यांक अनुसार २१ मा ८, २२ मा १३, २३ मा १०, २४ मा ६, २५ मा ४, २६ मा १० र २७ गते ११ को मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.