जाजरकोटको दमदालाको पूरै गाउँमा रुघाखोकी र ज्वरोका बिरामी

जाजरकोटको दमदालाको पूरै गाउँमा रुघाखोकी र ज्वरोका बिरामी

जाजरकोट : जाजरकोटको कुशे गाउँपालिका ५ दमदालामा अधिकांश मानिस बिरामी परेका छन् । ज्वरो आउने, रुघाखोकी, छाती दुख्नेलगायतका लक्षणसहित स्थानीय थला परेका हुन् । गाउँभरी ज्वरो र रुघाखोकीका बिरामी लखतरान परेको स्थानीय कमल थापाले बताए । दमदालामा मात्र ८० घरधुरी छन् । उनले भने, ' पुरै गाँउ ज्वरो, रुघाखोकीले थला परेको छ । कहाँ छ स्थानीय सरकार । खोइ कोभिड–१९ चेक, खोइ उपचारमा सहयोग ।’

कोरोनाको जस्तै लक्षण देखिएकाले स्थानीय त्रसित रहेको उनको भनाइ छ । सामान्य ज्वरो, रुघाखोकी र टाउको नदुख्ने समस्या नभएको कोही छैन । बच्चा देखि वृद्धवृद्धा सबै प्रभावित भएको थापाले बताए । 

उनले स्थानीय सरकारले उपचारमा सहयोग नगरेको गुनासो गरे । घरघरै बिरामी छन् । बिरामी नहुने घरै छैन। सबै थला परेका छन् अर्का स्थानीय निर्मला थापाले बताइन्। उता गाँउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले आइतबार मात्र किट आइपुगेकाले स्वास्थ्यकर्मीसहितको टोली परीक्षण तथा उपचारका लागि सोमबार त्यहाँ जाने बताए । प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले दमदालामा गाउँभरी ज्वरो र रुघाखोकीले थला परेको भन्ने सूचना आएको बताउँदै कोरोना हो कि अन्य भाइरल रोग हो छिटै पहिचान गर्ने व्यवस्था मिलाइने बताए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.