अक्सिजन प्लान्ट माग्दै सांसद मन्त्रालयमा

अक्सिजन प्लान्ट माग्दै सांसद मन्त्रालयमा

सुर्खेत : कर्णालीका सांसदले अक्सिजन प्लान्ट र सिलिण्डर माग्दै संघीय राजधानी काठमाडौं पुगेका छन्। एमालेका प्रदेश तथा प्रतिनिधिसभाका सांसद मन्त्रालयमै पुगेर सरकारसँग अक्सिजन प्लान्ट र सिलिण्डर माग गरेका हुन्। उनीहरुले तत्काल कर्णालीमा अक्सिजन र सिलिण्डर उपलब्ध नभए अवस्था जटिल हुने भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।

संक्रमितको संख्या बढ्न थालेपछि कर्णालीमा अहिले अक्सिजनको चरम अभाव छ। अक्सिजन र सिलिण्डरकै अभावमा अस्पतालले संक्रमितको चाप थेग्न नसक्ने चेतावनी दिइरहेका छन्। शुक्रबार मात्र कर्णाली प्रदेश अस्पतालले अक्सिजन अभावकै कारण संक्रमितको भर्ना नलिने बताएको थियो। तर अहिले जटिल संक्रमितलाई भने भर्ना लिइरहेको छ। प्रदेशमा अक्सिजन अभावमा संक्रमितले ज्यान गुमाउन थालेपछि एमालेका सांसद संघीय सरकारसँग गुहार माग्न पुगेका हुन्।

सांसदको टोलीले आइतबार स्वास्थ्य मन्त्रालयमा पुगेर कर्णालीमा तत्काल अक्सिजन प्लान्ट, सिलिण्डर, स्वास्थ्यकर्मी, आईसीयु र भेन्टिलेटरको व्यवस्था गरिदिन माग गरेको हो।सांसदहरुले तत्काल कर्णाली प्रदेश अस्पतालमा दैनिक पाँचसय सिलिण्डर भर्न सकिने क्षमताको अक्सिजन प्लान्ट स्थापना गरिदिन माग गरे।

यस्तै जिल्लाहरुमा पनि प्लान्ट स्थापनाका लागि तत्काल बजेटको व्यवस्था गर्न माग गरिएको छ। प्रदेशमा हाल सिलिण्डरको अभाव भएको भन्दै सांसदले कर्णालीमा प्रदेश अस्पतालमा पाँच सय र अन्य जिल्लाका लागि पाँच सय गरी प्रदेशका तत्काल एक हजार सिलिण्डर उपलब्ध गराउन माग गरेका छन्। साथै उनीहरुले प्रदेशमा आईसीयु, भेन्टिलेटर र स्वास्थ्यकर्मी उपलब्ध गराउन आग्रह गरे।

कर्णालीबाट प्रतिनिधि सभामा निर्वाचित एमालेका सांसद ध्रुवकुमार शाही, राजबहादुर बुढा, मोहन बानियाँ र पावर्तीकुमारी विशुन्के स्वास्थ्य मन्त्रालयमै पुगेका हुन्। यस्तै एमालेका कर्णाली प्रदेश इन्चार्जसमेत रहेका प्रदेश संसदीय दलका नेता यामलाल कँडेल र प्रमुख सचेतक गुलावजंग शाहले स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीलाई कर्णालीमा महामारीको अवस्थाबारे अवगत गराएका छन्। आफूहरुले कर्णालीमा अक्सिजन अभावमा संक्रमितको उपचारमा कठिनाइ भइरहेको भन्दै संघीय सरकारले तत्काल सहयोग गर्नुपर्ने माग गरेको प्रदेशसांसद यामलाल कँडेलले बताए। 

उनले भने,‘हामीले कर्णालीको अवस्थाबारे मन्त्रीको ध्यानाकर्षण गरायौं, संघीय सरकारले कर्णालीमा अक्सिजन प्लान्ट स्थापना र सिलिण्डर उपलब्ध गराउन प्राथमिकता देओस् भन्ने हाम्रो माग राख्यौं।’ 

त्यसक्रममा स्वास्थ्य मन्त्री त्रिपाठीले संघीय सरकारले कर्णालीलाई प्राथमिकता दिइने प्रतिबद्धता जनाए। सांसद कँडेलेका अनुसार मन्त्री त्रिपाठीले तत्काल कर्णालीमा एकसय वटा अक्सिजन सिलिण्डर पठाउन निर्णय मन्त्रालयले गरिसकेको भन्दै प्लान्ट स्थापना र थप सिलिण्डर उपलब्ध गराउने बचन दिएका छन्। कर्णालीमा महामारी नियन्त्रण गर्न सरकारले सक्दो सहयोग गर्ने मन्त्री त्रिपाठीले बताएका छन्।

कर्णालीका लागि अक्सिजन प्लान्ट र सिलिण्डर माग्दै स्वास्थ्य मन्त्रालयमा पुगेका एमाले सांसद। तस्बिर : अन्नपूर्ण 
 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.