प्यूठानमा आएका एन्टिजिन किट कमसल, किट फिर्ता गर्ने निर्णय

प्यूठानमा आएका एन्टिजिन किट कमसल, किट फिर्ता गर्ने निर्णय

बुटवल : कोरोना भाइरस परीक्षणका लागि प्यूठानका स्थानीय तहले खरिद गरेका एन्टिजिन किटहरु कमसल भएको पाइएको छ। जिल्लामा एन्टिजिन किटको अभाव भएपछि स्थानीय तहले खरिद गरेका थिए। 

‘सिएमसी मेडिकल डिभाइसेस एण्ड ड्रग्स एस.एल’ नामक कम्पनीको उक्त किट कमसल भएको पाइएको हो। लक्षण देखिएका बिरामीहरुको परीक्षण गर्दा पनि सबैको नेगेटिभ देखिएपछि किट कमसल खालको ठहर भएको प्यूठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.नविन दर्नालले जानकारी गराए। ‘जिल्ला आइशोलेसनमा ३० जनाको परीक्षण गर्दा २८ जनाको नेगेटिभ रिपोर्ट आयो’, उनले भने,‘जिल्लाका सबै स्थानीय तहमा बुझ्दा यस्तै अवस्था रहेछ।’ गुणस्तर नहेरी वा पुरानो स्टक किट पठाएको हुनसक्ने उनले आशंका गरे। 

स्वर्गद्धारी नगरपालिका, प्यूठान नगरपालिका, सरुमारानी गाउँपालिका र जिल्ला स्तरीय आइशोलेसन केन्द्रले दुई/दुई सय वटा र झिमरुक गाउँपालिकाले १ सय वटा किट खरिद गरेका थिए। नगरपालिका र आइशोलेसन केन्द्रले खरिद गरेका चार सय वटा किट फिर्ता गर्ने निर्णय भएको नगरपालिका प्रमुख एवं आइशोलेसन व्यवस्थापन केन्द्रका संयोजक अर्जुनकुमार कक्षपतीले बताए।

लक्षण तथा चिन्ह देखिएका बिरामीहरुलाई उक्त किटले रिपोर्ट नेगेटिभ निकालेको र यस अघि चेक गरिएको किटले रिपोर्ट पोजेटिभ देखाएपछि कमसल भएको थाहा भएको मल्लरानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पारश शाहीले बताए। गाउँपालिकाले भ्याटसहित ९ सय ६० रुपैयाँमा खरिद गरेको उनले बताए। 

निशान इन्टरनेश्नल ट्रेडिङ कन्सर्न काठमाडौंबाट किट खरिद गरिएको र कमसल भएको पाइएपछि फिर्ता पठाइएको सरुमारानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणी रेग्मीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.