भक्तपुरमा भेरोसेल खोपको दोस्रो मात्रा दिइँदै

भक्तपुरमा भेरोसेल खोपको दोस्रो मात्रा दिइँदै

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिकाले कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा मंगलबारदेखि दिने भएको छ। उसले जेठ ४ देखि ११ गतेसम्म आफ्नो नगर क्षेत्रका बासिन्दालाई दोस्रो मात्रा दिने तयारी गरेको हो।

नपाका स्वास्थ्य संयोजक विक्रम मगरले वैशाख ४ देखि १४ गतेसम्म पहिलो मात्रा लगाएकालाई उक्त दिनभित्र नपाका प्रत्येक वडामा दोस्रो मात्रा दिइने जानकारी दिए।
उनका अनुसार सूर्यविनायक नपाका ९ वटै वडामा रहेका स्वास्थ्य चौकी तथा नगरपालिका अस्पतालले खोपको दोस्रो मात्रा दिनेछन्।

भक्तपुरमा सबैभन्दा पहिले मध्यपुर थिमि नपाले जेठ २ गतेदेखि खोपको दोस्रो मात्रा दिएको थियो। यहाँ पनि ९ वटै वडामा रहेका स्वास्थ्य चौकी, सहरी स्वास्थ्य क्लिनिक, अस्पताल र वडा कार्यालयहरुमा खोप दिँदै आएको नपाका सूचना अधिकारी केशव सिलवालले जानकारी दिए।
उनका अनुसार मध्यपुर थिमि नपामा जेठ २ देखि ११ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ। यहाँ गएको वर्ष चैत २५ देखि वैशाख १५ गतेसम्म पहिलो मात्रा दिइएको थियो।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार मध्यपुर थिमिमा पहिलो दिन जेठ २ गते ७६० जनाले भेरोसेलको दोस्रो मात्रा लगाएका थिए। जसमा पुरुष ५२२ जना र महिला २३८ जना रहेको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिए। उनका अनुसार जेठ ३ गते ६३० जना पुरुष र ३८० जना महिला गरी एकहजार १० जनाले दोस्रो मात्रा लगाए।

भक्तपुरका ४ नपामध्ये चाँगुनारायण नपाले जेठ ५ र भक्तपुर नपाले जेठ ६ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिने तयारी गरेका छन्। चाँगुनारायण नपाका ९ वटा वडामा रहेका स्वास्थ्य चौकी र सहरी क्लिनिकमा खोप केन्द्र निर्धारण गरिएको छ। उसले जेठ ५ देखि १३ गतेसम्म सबै खोप केन्द्रहरुबाट खोप दिने तालिका सार्वजनिक गरेको छ। यहाँ वैशाख ५ देखि १३ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा दिइएको नपाका जनस्वास्थ्य अधिकृत सत्यकुमार दुवालले जानकारी दिए।
भक्तपुर नपाले भने निर्वाचन मतदान केन्द्र र खुला क्षेत्रलाई खोप केन्द्र तोकेका छन्। भक्तपुर नपामा जेठ ६ देखि १७ गतेसम्म खोप दिने तालिका बनाइएको छ। यसबीचमा छुटेकालाई भने १८ गते लगाइने भक्तपुर नपाले जनाएको छ।

भक्तपुर नपामा वैशाख ४ देखि १५ गतेसम्म खोपको पहिलो मात्रा दिइएको थियो। भक्तपुरमा सोमबार ३३९ जना नयाँ संक्रमित थपिएका छन्। यससँगै यहाँ सक्रिय संक्रमितको संख्या ५ हजार १८९ जना पुगेका छन्। अहिलेसम्म संक्रमण पुष्टि हुने संख्या १७ हजार ९ सय ७१ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.