भक्तपुरमा भयावह बन्दै कोरोना : प्रत्येक ४ घन्टामा एक संक्रमितको मृत्यु

भक्तपुरमा भयावह बन्दै कोरोना : प्रत्येक ४ घन्टामा एक संक्रमितको मृत्यु

भक्तपुर : भक्तपुरमा पुनः कोरोना भाइरस संक्रमितको निरन्तर मृत्यु हुन थालेको छ । स्वास्थ्य कार्यालय भक्तपुरको तथ्यांकले यहाँ प्रत्येक ४ घन्टामा एकजना संक्रमितको मृत्यु भएको देखाउँछ । गएको ४८ घन्टामा यहाँका १२ संक्रमितले ज्यान गुमाए ।

कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार पछिल्लो ४८ घन्टामा सूर्यविनायक नपाका ३ महिला र २ पुरुष गरी ५ संक्रमितको मृत्यु भयो । भक्तपुर नपाका २–२ जना महिला र पुरुष गरी ४ जना संक्रमितले ज्यान गुमाए ।

त्यस्तै मध्यपुर थिमि नपाका एकएक महिला र पुरुष गरी २ जना तथा चाँगुनारायण नपाका एक महिला संक्रमितको मृत्यु भएको प्रमुख मिजार बताउँछन् ।भक्तपुरमा कोरोना भाइरस संक्रमणका कारण मर्नेको संख्या २२५ पुगेको छ । यहाँका ४ नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपाका ५७ जना पुरुष र २४ महिला गरी ८१ जना संक्रमितको मृत्यु भएको छ ।

भक्तपुरका नपाका ३७ पुरुष र २५ महिला गरी ६२ संक्रमितको मृत्यु हुँदा सूर्यविनायक नपाका ३७ पुरुष र २१ महिला गरी ५८ जनाले ज्यान गुमाएका छन् ।यहाँ सबैभन्दा कम चाँगुनारायण नपाका १६ जना पुरुष र ८ जना महिला गरी २४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख मिजारले जानकारी दिए ।

सक्रिय संक्रमित ४ हजार १२० जना

उनले भक्तपुरमा अझै ४ हजार १२० जना सक्रिय संक्रमित रहेको बताए । जसमध्ये ५.६७ प्रतिशत अर्थात १३८ जना पुरुष र ९६ जना महिला गरी २३४ जना अस्पताल एवं नपाको आइसोलेसन केन्द्रमा रहेको उनको भनाइ छ ।

स्वास्थ्य कार्यालयका अनुसार कुल संक्रमितको ९४.३३ प्रतिशत अर्थात २ हजार ४५ जना पुरुष र एकहजार ८४१ जना महिला होम आइसोलेसनमा छन् । यहाँका ४ नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमिमा एकहजार ३१२ जना सक्रिय संक्रमित रहेका छन् । सूर्यविनायकमा एकहजार २८९ जना, भक्तपुरमा ६७० जना र चाँगुनारायण नपामा ५५९ जना सक्रिय संक्रमित छन् ।

७६ प्रतिशत संक्रमित डिस्चार्ज

भक्तपुरमा पछिल्लो समय डिस्चार्ज हुने संक्रमितको संख्या बढेको छ । स्वास्थ्य कार्यालयका प्रमुख मिजारले शनिबार २८३ जना नयाँ संक्रमित थपिँदा ४२९ जना डिस्चार्ज भएको बताए । तर समग्रमा भक्तपुरका कुल संक्रमितमध्ये ७६ प्रतिशतमात्रै डिस्चार्ज भएका छन् । जसअनुसार ७ हजार ६३७ जना पुरुष र ६ हजार १४२ जना महिला गरी १३ हजार ७७९ जना संक्रमित डिस्चार्ज भएका हुन् ।

शनिबार एकैचोटि ४२९ जना डिस्चार्ज भएपछि भक्तपुरमा डिस्चार्ज हुने संक्रमितको संख्या बढेको देखिएको हो । तर शुक्रबारसम्म भक्तपुरमा डिस्चार्ज हुने संख्या ७३ प्रतिशतमात्रै थियो ।भक्तपुरमा कोरोना भाइरस संक्रमण पुष्टि हुने संख्या १८ हजार १२४ पुगेको छ । जसमा ९ हजार ९६७ जना पुरुष र ८ हजार १५७ जना महिला रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.