घर भत्किँदा आमा-बुवा र भाइको मृत्यु, बेसहारा बने चार दिदीबहिनी

घर भत्किँदा आमा-बुवा र भाइको मृत्यु, बेसहारा बने चार दिदीबहिनी

बुटवल : नौवहिनी गाउँपालिका १ चौतारा स्याउलीवाङ प्यूठानका ३८ वर्षीय बोमबहादुर मल्ल खरले छाएको झुपडी मर्मत गर्ने योजनामा थिए। दैनिकी गुजारा त जसोतसो चलाइरहेका थिए। तर, गत शुक्रबार त्यही झुपडी सजाउने मिठो कल्पनासहित परिवारसँगै सुतेका उनी  कहिल्यै नउठ्ने गरी ढले। उनी एक्लै मात्रै ढलेनन् आफूसँगै सुतेकी जीवन संगिनी र मुटुको टुक्रा छोरालाई लिएर सदाका लागि अस्ताए।

जस्तापाताले घर रंगाउने सपनालाई साकार पार्दै थियो नौवहिनी गाउँपालिकाले । विपन्न घरमा जस्तापाता लगाउने कार्यक्रमअन्तर्गत मल्लले गत शुक्रबार त्यसको चाँजोपाजो गर्दै थिए ।पुरानै घरमा जस्तापाता लगाउन नमिलेपछि उनले एक हात जति गारो लगाउँदै थिए । त्यसका लागि ढुंगा जम्मा गरेर राखेका थिए । शुक्रबार खाना खाएर उनी सहित ३३ वर्षीया श्रीमती गमी मल्ल र ढाइ वर्षीय छोरा मेघराजसँगै सुते । तीन बहिनी छोरीहरु अर्को कोठामा र जेठी छोरी मामा घर गएकी थिइन् । 

एक्कासी सँगै सुतेका श्रीमान, श्रीमती र ढाइ वर्षीय छोरालाई घर बनाउन राखेका ढुंगाले च्याप्यो । माथिको तला पूरै भत्कियो । त्यही तलामुनि तीनैजनाले प्राण त्यागे। अर्को कोठामा सुतेकाले तीन बहिनी छोरीहरु भने बाँच्न सफल भए । 

पाँच सन्तान र श्रीमतीको पालनपोषण मल्लले मजदुरी गरेर चलाएका थिए । अर्घाखाँचीमा घर बनाउने मिस्त्री काम गर्दथे मल्ल । गाउँपालिकाले जस्तापाता दिएपछि खुसीले उनी घर छाउन आएका हुन् । जस्तापाताले रंगिएको घर देख्न त पाएनन्, नाबालक चार छोरीलाई विचल्लीमा पारेर मृत्युको मुखमा पुगे। । 

जेठी छोरी कुमारी मल्ल १५ वर्षकी भइन् । उनी ६ कक्षामा पढ्छिन् । १२ वर्षीय करिष्मा तीन कक्षामा, ९ वर्षीया साइली गंगा दुई र ७ वर्षीया कान्छी छोरी सपना  एक कक्षामा पढ्दैछन् । बुवा, आमा र कान्छो भाइको मृत्युपछि उनीहरु बेसहारा बनेका छन् । मामा घर गएकी जेठी छोरी कुमारीले घर आउँदा बुवा, आमा र भाइलाई घरभित्र पुरिएको अवस्थामा देखेपछि गाउँलेलाई खबर गरेकी थिइन् । उनको घर एकान्तमा भएकाले गाउँलेले उनीहरुलाई उद्दार समेत गर्न पाएनन् । 

उनीहरुको अहिले न बस्ने बास छ, न सहाराका लागि कोही आफन्त । बाल्खैमा उनीहरु बेसहारा बनेका छन् । ‘बिचल्ली छोरीलाई कसको जिम्मा लगाउने भन्ने बारेमा छलफल गर्दैछौं’,वडा अध्यक्ष शेरबहादुर सेनले भने, ‘भत्किएको घर बनाउन वडा कार्यालयले अगुवाइ गर्छ ।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.