मन्त्री र सांसदसहित स्वास्थ्य टोली बारपाक जाने
गोरखा : गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत तथा सोही क्षेत्रबाट निर्वाचित सांसद प्रकाशचन्द्र दवाडीको टोली कोरोना महामारी फैलिएको आशंका गरिएको बारपाक गाउँको अनुगमनमा जाने भएका छन्।
गाउँको बास्तविक अवस्थाको बारेमा बुझ्न आफू तथा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्मासहितको टोली शुक्रबार बारपाक जान लागेको मन्त्री बस्नेतले जानकारी दिए। टोलीमा तीनजना चिकित्सक, तीनजना नर्स, दुईजना ल्याब टेक्निसियन र एकजना मनोसामाजिक परामर्शदाता रहने उनले बताए।
टोलीले शुक्रबार बिहान गोरखा अस्पतालमा अक्सिजन प्लाण्टको उद्घाटनसमेत गर्ने जनाइएको छ।
मास्क, सेनिटाइजर, अक्सिमिटर, औषधि लगायतका स्वास्थ्य सामग्री वितरणका लागि बारपाक जान लागेको सांसद दवाडीले जानकारी दिए।
बारपाकमा जेठ १ गतेदेखि कोरोनासंग मिल्दोजुल्दो लक्षणका १२ जना बिरामीको मृत्यु भएको छ।
प्रतिक्रिया दिनुहोस !