विवेकशील साझा पार्टीका नेता थापाको उपचार खर्च दुर्गा प्रसाईँले बेहोर्ने

विवेकशील साझा पार्टीका नेता थापाको उपचार खर्च दुर्गा प्रसाईँले बेहोर्ने

विराटनगर : विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको उपचारमा लाग्ने सम्पूर्ण खर्च बी एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल बिर्तामोड झापाका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले बेहोर्ने भएका छन्।

मेडिसिटी अस्पताल काठमाडौंमा उपचाररत थापाको उपचारमा खर्च अभाव भएको समाचार सार्वजनिक भएपछि प्रसाईले शनिबार विज्ञप्ति निकाल्दै उनको उपचारमा लाग्ने सम्पुर्ण खर्च आफुले प्रदान गर्ने बताएका हुन्। ‘विएण्डसी मेडिकल कलेज टिचिङ्ग हस्पीटलको सामाजिक उत्तरदायित्व र मूल मान्यता स्वास्थ्य उपचार खर्चको अभावमा कुनै पनि नेपाली नागरिकले अकालमा मर्नु नपरोस भन्ने हो,’ प्रसाईले विज्ञप्तिमा लेखेका छन् ‘गणतन्त्र दिवसको अवसर पनि परेको र गणतन्त्र स्थापनामा लाग्नुभएका एक असल सामाजिक अभियान्ता भएकाले मैले यो निर्णय गरेको हुँ।’ उनले विज्ञप्तिमार्फत थापाको स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। 

उपचारमा बढी खर्च लाग्ने र परिवारलाई आर्थिक भार नपरोस् भनेर सहयोग संकलनको लागि विभिन्न संचार माध्यममार्फत विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले समेत आर्थिक सहयोगको लागि आह्वान गरेका थिए। 

कोरोना भाइरसको संक्रमण भएपछि उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन्। सुरुमा ह्याम्पस अस्पताल भर्ना गरिएका थापालाई ग्राण्डी अस्पताल रिफर गरिएको थियो। उनको केही समय सो अस्पतालमा उपचार पछि शुक्रबार नेपाल मेडिसिटी अस्पताल लगेर भर्ना गरिएको छ। 

थापाको थप उपचार इक्मो प्रविधिबाट गर्नुपर्ने भएको र यो मेडिसिटीमा मात्र भएकाले रेफर गरिएको र यो जटिल अवस्थामा गरिने प्रविधि भएको बताइएको छ। इक्मोको उपचारका लागि २५–३० लाखसम्म लाग्ने चिकित्सक बताउँछन्।  थापा २९ असोज २०७६ अघिसम्म विवेकशील नेपाली दलको अध्यक्ष थिए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.