घरेलु तथा साना उद्यमीलाई ३८ लाखको प्रविधि

घरेलु तथा साना उद्यमीलाई ३८ लाखको प्रविधि

भक्तपुर : भक्तपुरका घरेलु तथा साना उद्यमी व्यवसायीले ३८ लाख रुपैयाँको प्रविधि पाउने भएका छन्। जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयले चालू आर्थिक वर्षको प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत घरेलु तथा साना उद्यमी व्यवसायीलाई उक्त रकमको प्रविधि दिन लागेको हो।

गत वर्ष ढिलो गरी बजेट आएको भन्दै कार्यालयले हरेक वर्ष दिँदै आएको प्रविधि हस्तान्तरण गरेन। जसले गर्दा प्रविधि हस्तान्तरणको बजेट फ्रिज भएको थियो।

तर चालू आर्थिक वर्षमा घरेलु तथा साना उद्यमी व्यवसायीलाई मागको आधारमा प्रविधि हस्तान्तरण गरिने कार्यालयका प्रमुख उमेशकुमार दाहालले जानकारी दिए।

उनले बजेट प्राप्त भइसकेको तर निषेधाज्ञाका कारण प्रविधिका सामान भने खरिद गर्न बाँकी भएको स्पष्ट पारे।

‘गत वर्षजस्तो यस वर्ष प्रविधि हस्तान्तरण रोकिँदैन। निषेधाज्ञाका कारणमात्रै केही अप्ठ्यारो भइरहेको छ’, प्रमुख दाहालले भने, ‘प्रक्रिया सबै पूरा गरिसकेका छौं। सामानमात्रै लिन बाँकी हो।’

उनका अनुसार भक्तपुरका ७१ जना घरेलु तथा साना उद्यमी व्यवसायीले कार्यालयमा प्रविधि माग गरेका छन्। बजेट कम भएकाले सबैलाई दिन नसकिए पनि धेरैलाई प्रविधि हस्तान्तरण गरिने उनले बताए।

‘प्रविधि माग गर्ने ७१ जनामध्ये ५० देखि ६० जनासम्मलाई प्रविधि हस्तान्तरण गरिनेछ’, प्रमुख दाहालले भने, ‘प्रविधि पाउने घरेलु तथा साना उद्यमी व्यवसायीहरुको छनोटसमेत भइसकेको छ।’

आगामी आर्थिक वर्षको लागि भने चालू आर्थिक वर्षको भन्दा बढी बजेट माग गरिएको कार्यालयले जनाएको छ।

यस वर्ष उत्पादनमूलक क्षेत्रको रुपमा कृषि उद्यम र उद्यमीहरुलाई प्राथमिकताको आधारमा प्रविधि हस्तान्तरण गरिने प्रमुख दाहाल बताउँछन्।

प्रविधि हस्तान्तरण कार्यक्रममा सहभागी हुन उद्यमी व्यवसायीले आफ्नोतर्फबाट २० प्रतिशत योगदान गर्नुपर्छ। सरकारको तर्फबाट ८० प्रतिशत लागत साझेदारीमा उद्यमी व्यवसायीलाई हरेक वर्ष प्रविधि हस्तान्तरण गरिँदै आएको छ।

तर गत वर्ष उद्यमी व्यवसायीहरुले लागत साझेदारीअन्तर्गतको २० प्रतिशत रकम अग्रीम जम्मा गर्दा पनि प्रविधि पाएनन्। उद्यमी व्यवसायीहरुले लागत साझेदारीको रकम जम्मा गर्दा पनि घरेलु कार्यालयले अन्तिममा आएर प्रविधि हस्तान्तरण हुन नसक्ने जनाएको थियो।

घरेलु कार्यालयका तत्कालीन प्रमुख सुवोधकुमार साहको लापरबाहीले उक्त वर्ष भएको बजेट फ्रिज पठाएकाले आफूहरुले माग गरेको प्रविधि पाउन नसकिएको उद्यमी व्यवसायीहरु बताउँछन्।

जसले गर्दा तत्कालीन प्रमुख साह र यहाँका घरेलु तथा साना उद्यमी व्यवसायीहरुबीच विवादसमेत भएको थियो। प्रमुख साहले आर्थिक वर्षको अन्तिममा आएर मात्रै प्रविधि हस्तान्तरण गर्न नसकिने भनेर पन्छिएको भन्दै उद्यमी व्यवसायीहरु उनीदेखि आक्रोशित भएका थिए।

प्रविधि हस्तान्तरण गर्न घरेलु कार्यालयका प्रमुखको संयोजकत्वमा एक समिति नै व्यवस्था गरिएको छ। उक्त समितिमा जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिका अधिकृत सदस्य हुन्छन्। त्यस्तै जिल्लास्थित नगरपालिका, उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग संघका प्रतिनिधि उक्त समितिमा रहने व्यवस्था छ।

गत वर्ष उक्त समितिले प्रविधि पाउने उद्यमी व्यवसायीहरुको नाम छनोट गरेर पठाउँदा पनि घरेलु कार्यालयले प्रविधि हस्तान्तरण नगरी भएको बजेट फ्रिज पठाएको भक्तपुर घरेलु तथा साना उद्योग संघका निवर्तमान अध्यक्ष वीरेन्द्र जतीले जानकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.