निषेधाज्ञामा विकास निर्माणमा युवा

निषेधाज्ञामा विकास निर्माणमा युवा

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिको साझापानीका युवाहरु कोरोना (भाइरस) संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञामा फुर्सदको समयलाई विकासमा लगाएका छन् । अध्ययन, पेशा, ब्यवसाय गर्न बजारमा बस्दै आएका युवाहरु गाउँ फर्किएर सिचाइ आयोजना निर्माणमा जुटेका हुन् । 

साझापानीका युवाहरुले कोरोनाबाट जोगिएर निषेधाज्ञाको फुर्सदको समयलाई रुइसे सिचाई आयोजना निर्माणमा उपयोग गरेका आयोजनाका सचिव रमेश भण्डारीले बताए । ‘सामान्य अवस्थामा विकास निर्माण र खेतीबाली लगाउन मजदुरको अभाव हुने गरेको थियो,’ उनले भने ‘निषेधाज्ञाले गाउँका युवाहरु फुर्सदिला भएकाले सबैलाई अवसर दिन समूह बनाएर काममा लगाइएको छ ।’ 

१५/१५ जनाको तीनवटा समूह बनाएर स्वास्थ्य सुरक्षा मापदण्ड पालना र दुरी कायम गरेर तीन/तीन दिनका दरले नहर निर्माणमा परिचालन गरेको छ । रोजगारी सिर्जना, आम्दानीको अवसरका साथै उपभोक्ता समितिलाई बाहिरबाट मजदुर ल्याउनुपर्ने समस्या हटेको छ । 

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दी मार्फत चालु आर्थिक वर्ष २०७७/०७८ मा बिनियोजन भएको २८ लाख ८७ हजार र उपभोक्ताको तीन लाख सात हजार रुपैयाँ बराबरको श्रमदानबाट आयोजना निर्माण हुन लागेको हो । ४४५ मिटर नहर, ४०० मिटर पाइप जडान, ७ वटा कलेक्सन च्याम्बर र १ वटा विपिटी निर्माण गर्ने लक्ष्य छ । 

पाइप जडान, कलेक्सन च्याम्बर, पिपिटी र खरभिर खण्डमा ३५० मिटर नहर निर्माण भइसकेको छ । रुइसेमा मुहान भएको यस आयोजना गत आर्थिक वर्षदेखि निर्माण सुरु भएको थियो । पहिलो वर्ष कार्यालयको १९ लाख २१ हजार ७३० अनुदान र उपभोक्ताको दुई लाख १७ हजार रुपैयाँ बराबरको श्रमदानमा मुहानमा इन्टेक, नौलीबराहमा १ वटा कलेक्शन च्यामबर र २८५ मिटर नहर निर्माण भएको कार्यालयका इञ्जिनियर अञ्जन खत्रीले बताए ।  

‘आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको नहरमा पानी चलाएर सिचाई गर्न सकिन्छ,’ उनले भने ‘भगवतिको साझापानी, बुझबुझे, सान्ते, देउपुर्ण, तिबाङ र दोब्तागैराको १९ हेक्टर क्षेत्रफलमा सिचाई सुबिधा पुग्छ ।’

सिचाईको अभावमा आकाशे पानीको भरमा खेतीबाली लगाउनुपर्ने समस्या थियो । सिँचाइ असुविधाले बाझिएका जमिन प्रयोगमा आउने र नियमित खेती गर्न पाउने रुइसे सिँचाइ आयोजनाका अध्यक्ष कमल भण्डारीले बताए । 

यसैगरी भगवतिको छिमेकी वडा पिप्लेमा करिब रु. पचास लाखमा निर्माण भएको पिप्ले सिँचाइ आयोजना सञ्चालनमा आएपछि डेढ सय घरधुरी कृषकको एक हजार रोपनी भन्दा बढी जमिनमा सिँचाइ सुविधा पुगेको छ । 

गत आर्थिक वर्षमा मुहानमा पानी संकलन गर्ने टंकी, नहर र पाइपलाइन निर्माण भएको आयोजनालाई यसपाली नहर बनाएर पुर्णता दिइएको उपभोक्ता समितिका सदस्य मोहन कार्कीले बताए । गत वर्ष २१ लाख खर्च भएको आयोजनाका लागि चालु आर्थिक वर्षमा २५ लाख रुपैयाँ बिनियोजन भएको छ । 

यस वर्ष ४०० मिटर नहर निर्माण गरिएको सदस्य कार्कीले बताए । ३० सेन्टिमिटर उचाइ र ३० सेन्टिमिटर चौडाइ भएको पक्कि नहर निर्माण भएको हो । गत वर्ष २८५ मिटर नहर समेत निर्माण भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.