बाढीले प्युठानमा निर्माणाधीन पुल भत्कायो

बाढीले प्युठानमा निर्माणाधीन पुल भत्कायो

प्यूठान : प्यूठानमा बन्दै गरेको पक्कीपुल भत्किएको छ । जिल्लाको माझिदमार र अर्घाखाँचीको च्याउरेखोला जोड्ने झिमरुक नदीमा निर्माणधिन पुल भत्किएको हो । झिमरुक खोलामा पानीको बहाव बढेपछि पुल भत्किएको हुनसक्ने स्थानीयले बताएका छन् । 

बाढीले टेकाहरु बगाएपछि पुल कमजोर भइ भत्किएको हुनसक्ने सडक डिभिजन कार्यालय प्यूठानका इञ्जिनियर अरुण केसीले जानकारी गराए । उनका अनुसार उक्त पुल चार दिनअघि ढलान गरिएको थियो । 

३५ मिटर पुलको स्ल्याप भाँचिएर नदीमा खसेको समेत उनले जानकारी दिए । आर्थिक वर्ष २०७४/७५ मा  ठेक्का सम्झौता गरी पुल निर्माण गरिएको थियो । चालु आर्थिक वर्षको असार २८ गतेभित्र पुल निर्माणको म्याद सकिदै छ । अमर कन्ट्रक्सन प्रालिले पुल निर्माणको जिम्मा पाएको छ । पुल भत्किएपछि यस क्षेत्रका स्थानीय निराश बनेका छन् । 

संघीय  सरकारबाट विनियोजित सात करोड १२ लाख रुपैयाँमा सम्झौता भएको डबल स्पानको ११ मिटर चौडाइ र  ७० मिटर लम्बाइ पुल निर्माणको अन्तिम चरणमा पुगेको थियो । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.