देउवा फेरि उठ्ने

देउवा फेरि उठ्ने

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले पुनः नेतृत्वमा प्रतिस्पर्धा गर्ने मनसाय व्यक्त गरेका छन्। आफ्नो निवासमा निकटका केही नेतालाई बोलाएर उनले यसबारे अवगत गराएका हुन्। 

उनले प्रदेशस्थित अगुवा नेतासँग छलफल गर्ने र धारणा बुझ्ने अभियान सुरु गरेका छन्। देउवाले शनिबार प्रदेश १ र प्रदेश २ का नेतालाई छुट्टाछट्टै बूढानीलकण्ठ बोलाएका थिए। प्रदेश १ को छलफलमा उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनील थापा, ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, भीष्मराज आङ्दम्बे, सीता गुरुङ, सुजता परियार, रामकृष्ण भट्टराई, बाबुराम बस्नेत, डा. डिला संग्रौलालगायत सहभागी थिए। 

त्यस क्रममा उनले पार्टीलाई एकढिक्का र सुदृढ बनाउन फेरि एकपटक नेतृत्व लिनुपर्ने अवस्था आएको बताएका थिए। बैठकमा सहभागी एक नेताले सभापति देउवाको भनाइ उधृत गर्दै भने, ‘फेरि नेतृत्व लिनुपर्ने स्थिति आयो। म फेरि लड्छु।’ उनले लोकतन्त्र र संविधान रक्षाका लागि यो अवस्था आएको बताएका थिए। 

प्रदेश २ को छलफलमा उपसभापति बिमलेन्द्र निधि, आनन्द ढुंगाना, जंगिलाल रायलगायत नेता सहभागी थिए। सभापति देउवाले सातै प्रदेशका आफू निकट नेतासँग छलफल गर्ने भएका छन्। केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले  सभापति देउवाले आफू निकटसँग आन्तरिक छलफल गरेको जानकारी दिए। 

कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म निर्धारित छ। कोरोनाका कारण हुने/नहुनेमा भने अधिकांश नेता नै सशंकित छन्। सभापतिका लागि यसपालि देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला, उपसभापति बिमलेन्द्र निधि, कृष्णप्रसाद सिटौलालगायतले रुचि देखाएका छन्। देउवाका विश्वासपात्र निधिले पनि उम्मेदवारी दिने बताइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.