काभ्रेकी बालिका भक्तपुरमा बलात्कृत, एकजना पक्राउ

काभ्रेकी बालिका भक्तपुरमा बलात्कृत, एकजना पक्राउ

भक्तपुर : काभ्रेको धुलिखेल नगरपालिका ८ घर भएकी बालिकामाथि भक्तपुरमा बलात्कार भएको छ । १५ वर्षीया ती बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा भक्तपुर प्रहरीले एक युवकलाई नियन्त्रणमा समेत लिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार काभ्रे धुलिखेल नगरपालिका ८ नै बस्ने २३ वर्षीय जयराम चौलागाईंलाई नियन्त्रणमा लिएको हो । चौलागाईंलाई काठमाडौंको सुन्धाराबाट नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनका अनुसार चौलागाईं बालिकाका छिमेकी हुन् । उनले बालिकालाई ललाईफकाई घुम्न जाऔं भनेर असार ५ गते घरबाट भक्तपुर लिएर आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । ‘चौलागाईंले सोही दिन भक्तपुर नगरपालिका ४ स्थित एक गेस्ट हाउसमा खाजा नास्ता खाने बहानामा लगी ललाईफकाई डर धाँक धम्की दिइ जबरजस्ती करणी गरेको पीडित बालिकाले बताएकी छिन्’, उनले भने ।

प्रहरी नायब उपरीक्षक गिरीले बालिका हराएको भन्दै प्रहरीमा निवेदन परेपछि बलात्कारको घटना सार्वजनिक हुन आएको सुनाए । घटना विवरण अनुसार बालिकाकी आमाले असार ५ गते आफ्नी १५ वर्षीया छोरी हराएको भन्दै जिल्ला प्रहरी कार्यालय धुलिखेलमा निवेदन दिएकी थिइन् । 

उक्त निवेदनको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौंबाट खटिएको प्रहरी टोलीले ती बालिकालाई असार ६ गते काठमाडौं सुन्धारामा फेला पारेको थियो । फेला परेकी ती बालिकाले सोधपुछको क्रममा आफूलाई चौलागाईंले ललाईफकाई घुम्न जाउ असार ५ गते घरबाट भक्तपुर लिएर आएको बताएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

बालिकाले आफूमाथि जबरजस्ती करणी भएको बताएपछि उनकी आमाले असार ६ गते नै महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा किटानी जाहेरी दर्खास्त दिएकी थिइन् । सोही किटानी जाहेरी दर्खास्तको आधारमा भक्तपुर प्रहरीले कसुरदार चौलागाईंलाई पनि खोजतलास गर्दै जाँदा सोही दिन सुन्धाराबाट नियन्त्रणमा लिएको थियो । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.