महाप्रभु सहकारीको ५ करोड २७ लाख हिनामिना
दाङ : दाङ राप्ती गाउँपालिकामा रहेको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको ५ करोड २७ लाख रुपैयाँ हिनामिना भएको आरोपमा संस्थामा पदाधीकारी सहित कर्मचारीलाईलाई अदालतले पक्राउ पुर्जी जारी गरेको छ।
जिल्ला अदालत दाङलेसहकारी संस्थाको सञ्चालक समिति, विभिन्न उपसमिति र कर्मचारीहरुलाई हिनामिनाको आरोप लागेर मुद्धा दर्ता भए पछि सहकारीमा आवद्धहरुलाई ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो।
अदालतले पक्राउ पुर्जी जारी गर्नेमा महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष किरण भण्डारी, साविक अध्यक्ष रुकमाङगत ज्ञवाली, पूर्वउपाध्यक्ष रामबहादुर कुवर, साविक उपाध्यक्ष कृष्णप्रसाद उपाध्यय पौडेल, पूर्वसचिव हिमानन्द पाण्डे, साविक सचिव हरिप्रसाद भुसाल, पूर्व सह—सचिव माधव शर्मा, साविक कोषाध्यक्ष रामकृष्ण पौडेल, पूर्व व्यवस्थापक गुरुप्रसाद सुवेदी रहेका छन।
त्यसै गरेर सहकारी संस्थाका सदस्य केशबराज आचार्य, कमला पौडेल, धर्मराज अधिकारी, शारदा भुसाल, कमला बेल्बासे,पूर्व लेखा तथा सुपरिवेक्षण समितिका पूर्वसंयोजक नुमानन्द सुवेदी, संयोजक बिष्णुबहादुर थापा, सोही समितिका सदस्य तुलसीराम पोख्रेल, युवराज भुसाल, लेखापरिक्षक गोबिन्दप्रसाद भण्डारी र गंगाबहादुर केसी रहेका छन्।
२०७७ पुस २३मा त्यस क्षेत्रमा महाप्रभु, हरियाली, विहानी, जनजीविका सहकारी एक भएर देउखुरी बचत तथा ऋण सहकारी संस्था स्थापना गरिएको थियो।
अहिले तीन सहकारीको एकीकृत भएर काम भइरहेको छ भने महाप्रभुको हिसाव मिलानमा समस्या भए पछि छुट्टै तरिकाले काम गरिरहेको छ। रकम हिनामिनाको सम्पूर्ण जिम्मा सहकारीका सह लेखापाल विक्रम रानाले लिइसकेका छन। उनी सहित चार जना कर्मचारी अहिले पूर्पक्षका लागि थुनामा छन्।
प्रतिक्रिया दिनुहोस !