बाढीपहिरोले अस्तव्यस्त

बाढीपहिरोले अस्तव्यस्त

दमौली : दुई दिनयता पूर्वानुमान गरिएजस्तै अत्यधिक वर्षा भएपछि तनहुँमा बाढी पहिरोका कारण जनजीवन अस्तव्यस्त बन्न पुगेको छ। बाढीका कारण दुई जनाको ज्यान गएको छ भने आधा दर्जन बढी घाइते भएका छन्। त्यसैगरी जिल्लामा कयौं परिवार विस्थापित भएका छन् हुनुसँगै पृथ्वी राजमार्ग पटकपटक अवरुद्ध भइरहेको छ।

बन्दीपुर–३ तामुङमा पहिरोले पुर्दा दुई जनाको घटनास्थलमै ज्यान गएको छ। घरमाथिबाट झरेको पहिरोले पाँच घर पुर्दा दुई जना मृत भेटिएका हुन्। मृत्यु हुनेमा करिब ७० वर्षीया हरिमाया बसेल र करिब ३० वर्षीया सरस्वती थापा छन्।

राति खसेको पहिरोमा बेपत्ता उनीहरूको शव सशस्त्र र जनपथ प्रहरीको टोलीले बिहान झिकेको थियो। पाँच घर पुरेको घटनामा अरू तीन जना घाइते भएका छन्। बन्दीपुरका अन्य भागमा पनि पहिरोले क्षति पुर्‍याएको छ। ‘धेरैतिर क्षति पुगेको छ,’ उनी भन्छन्, ‘अन्ततिर पनि जोखिम देखिएका ठाउँका जनतालाई सुरक्षित राख्दैछौं।’ उनले ठाउँठाउँमा सडक अवरुद्ध भएको र बस्ती पनि जोखिममा परेको बताए।

छाब्दी खोलामा आएको बाढीका कारण व्यास–१ र १३ वडा जोड्ने पक्की पुल भत्केको छ। तनहुँको पूर्व तथा दक्षिण भेगका बासिन्दा आवतजावत गर्ने मुख्य लाइफलाइन सडकको पुल भत्किँदा त्यस क्षेत्रमा अत्यावश्यक यातायात ठप्प भएको छ। बाढीका कारण छाब्दीमा तीन घर भत्कनुका साथै खोला किनारका थप घर जोखिममा परेको व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताए।

पहिरोले, रिसिङको पल्ट्याङ, शुक्लागण्डकी–९ ढोरफिर्दी, म्याग्देलगायतका ठाउँमा स्थानीयको घर भत्काएको छ। छाब्दी खोला, चुँदी खोला, मादी तथा सेतीमा बाढी आउँदा अन्य केहीको घर पनि जोखिममा 
परेका छन्। त्यसैगरी ठाउँठाउँमा पहिरो खस्ने क्रम चलिरहँदा तनहुँस्थित पृथ्वी राजमार्ग दिनभरजस्तो अवरुद्ध रह्यो। छिर्कनेमा बिहान खसेको पहिरो दिनभरको प्रयासपछि एकतर्फी हटाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.