वेपत्ता प्रहरी खोज्न कुकुर प्रयोग

वेपत्ता प्रहरी खोज्न कुकुर प्रयोग

गोरखा : गत असार १ गतेदेखि सम्पर्कविहीन भएका प्रहरी जवानको खोजीका लागि प्रदेशबाट आएको अनुसन्धान टोलीले कुकुरको मद्दतले प्रहरीको खोजी गरिरहेको छ । टोलीले वेपत्ता भएको ठाउँ तातोपानीदेखि जगत आसपासको क्षेत्रको सोमबारदेखि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

सहायक प्रहरी निरीक्षकको कमाण्डमा सातजनाको टोली कुकुरसहित खोजी गर्न आएको हो । उक्त टोलीमा इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक सहितका सुरक्षाकर्मी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखा अन्र्तगतको सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुँवर कार्यक्षेत्र जाने क्रममा असार १ गते धार्चे गाउँपालिका वडा नं. ३ र १ आसपासबाट सम्पर्कविहीन भएका थिए ।

उनी सम्पर्कविहीन भएको दिन अत्याधिक वर्षातसँगै उक्त बाटोमा पहिरो बगेकाले पुरिएको आशंकामा यारुबगर क्षेत्रमा खोजीका लागि कुकुरसहितको प्रहरी टोली परिचालन भएको प्रहरी निरीक्षक धर्म अधिकारीले बताए ।

कञ्चनपुर जिल्ला घर भइ हाल उत्तरी गोरखाको सामागाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मोहनसिंह कुवँर घर बिदामा गएर फर्कने क्रममा बेपत्ता भएका थिए । असार १ गते उनी खोर्लाबेसीसम्म पुगेको र स्थानीयले भेटेको बताएका थिए । तर त्यसपछिको जगत प्रहरी चौकीसम्म भने उनी नपुगेकाले सोही खण्डमा पहिरोमा पुरिएको वा खोलामा बेपत्ता भएको हुन सक्ने आशंका गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.