जाजरकोटमा पहिलो पटक लिफ्ट प्रविधिबाट खानेपानी

जाजरकोटमा पहिलो पटक लिफ्ट प्रविधिबाट खानेपानी

जाजरकोट : भेरी नगरपालिका १० भुरचौरकी ईश्वरी बिकलाई दिनहुँ खानेपानीको जोहो कसरी गर्ने भन्ने कुराले सधैं पिरोलिरहन्थ्यो। गाँउमा खानेपानी नहुँदा भेरीको धमिलो पानी खानपर्ने बाध्यता थियो। 

त्यही धमिलो पानी लिन पनि भिरालो बाटोमा जोखिम मोलेर एक घण्टा टाढाबाट ल्याउनु पर्थ्यो। खानेपानीको जोहो गर्दैमा जीन्दगी बित्ने भो भन्ने लागेको थियो ईश्वरीलाई। तर लिफ्ट खानेपानी आयोजना सफल भएपछि उनको दु:ख कम हुने भएको छ। उनी जस्तै भुरचौरवासीको खानेपानी सपना पूरा भएको छ।
 

करीब दुई सय ५० घरधुरी रहेको भुरचौरवासीले बाह्रै महिना भेरी नदीको पानी गाग्रीमा बोकेर ल्याउनु पर्ने बाध्यता थियो। कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको ६० लाख बजेटमा भेरी नदीको किनारबाट भुरचौर गाँउमा खानेपानी पुर्याउन सफल भएको उपभोक्ता समितिका अध्यक्ष वीरबहादुर शाहीले जानकारी दिए। 

'भेरी नदीको किनारबाट एक सय ९४ मिटर उचाइमा विद्युतबाट चल्ने मल्टि पम्पिङ्ग सेटबाट पानी चढाउन सफल भएका छौं', अध्यक्ष शाहीले भने, ‘हाम्रो वर्षौंदेखिको खानेपानी सपना पूरा भएको छ। सहयोग गर्ने सबै सरोकारवाला निकायलाई हृदयदेखि नै धन्यवाद छ।’ ६५ एमएमको जिआई पाइपमा ४०० माथि पानी आएको छ। प्रति सेकेण्ड ५ लिटर पानी खस्ने गर्दछ। करीव एक लाख लिटर क्षमताको ट्याङ्की बनाएर घरघरमा खानेपानी धारा पुर्याउने आयोजनाको लक्ष्य छ।
 
भुरचौरबासीले पानी बोक्नका लागि खर्चिने समयको वचत साथै दुषित पानी सेवनका कारण लाग्ने विभिन्न रोगबाट समेत मुक्ति पाउने भएका छन्। यस वर्षको बजेटबाट विद्युतको ट्रान्सफर्म जडान गर्नुको साथै, जमिनको सतहदेखि १० मिटर गहिराई भएको इनार निर्माण, वरिपरि तारजाली, जिआइ पाइप खरिद तथा जडान गर्ने काम सम्पन्न भएको अध्यक्ष शाहीले बताए।

खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, जाजरकोट प्रमुख ज्वालाराज शाहीले जिल्लाकै पहिलो लिफ्ट खानेपानी आयोजना सफल भएकोमा खुसी व्यक्त गरे। प्रमुख शाहीले तत्काल खानेपानी समस्यालाई समाधान गर्न बहुवर्षीय आयोजनाको रुपमा भुरचौर लिप्ट खानेपानी योजना छनौट गरिएको प्रमख शाहीले बताए। 

यो आयोजनाका लागि कर्णाली प्रदेश सभा सदस्य गणेशप्रसाद सिंह र कृष्णा शाहको पनि महत्वपूर्ण योगदान रहेको कार्यालय प्रमुख शाहीले बताए। उक्त खानेपानी योजनालाई सम्पन्न गर्न एक करोडभन्दा बढी बजेटको आवश्यकता रहेको प्रमुख शाहीले जानकारी दिएका छन्। 

भुरचौरको टपमा एक लाख लिटरको पानी ट्यांकी निर्माण गर्नुको साथै २५० घरधुरीको घर–घरमा पाइप लाइन विस्तार गर्नुको साथै खानेपानी धारा निर्माण गर्ने काम अझै बाँकी रहेको कार्यालय प्रमुख शाहीले जानकारी दिए। उक्त आयोजनालाई दीगो बनाउनुको साथै उपभोक्ताहरुले नियमित रुपमा तिर्नुपर्ने विद्युत महसुललाई कम गर्न मर्मतसम्भार कोषको आवश्यकता रहेको जानकारी दिंदै कार्यालय प्रमुख शाहीले सोलार सिस्टम जडानका लागि आवश्यक पहल गरिने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.