ललिता निवास प्रकरण : गच्छदारले १० लाख धरौटी बुझाए
काठमाडौं : विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसँग १० लाख धरौटी माग गरेको छ।
विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार नेता गच्छदारलाई अदालतले बुधबार उक्त विवादमा बयान लिएर थुनछेक बहसपछि १० लाख धरौटी माग गरेको थियो। उनले बुधबार नै १० लाख धरौटी बुझाएका छन्।