मुख्यमन्त्री रोजगारको काम स्काइभेटरबाट !

मुख्यमन्त्री रोजगारको काम स्काइभेटरबाट !

जाजरकोट : मुख्यमन्त्री रोजगार कार्यक्रमको रकम मापदण्ड विपरित खर्च भएको पाइएको छ । सकभर मेसिनरी उपकरणविनै स्थानीय बेरोजगारले काम गरी रोजगार सिर्जना गर्ने उद्देश्यले संचालन गरिएको मुख्यमन्त्री  रोजगार कार्यक्रम मापदण्ड विपरित पुरै स्काइभेटर प्रयोग गरेर गरिएपछि स्थानीयले विरोध गरेका छन् । 

कार्यविधिमा ४० प्रतिशतसम्म मेसिन र ६० प्रतिशतसम्म रोजगारमा छनौट भएका स्थानीयबाट गर्नुपर्ने उल्लेख भएपनि अधिकांश काम मेसिनबाट गराइएपछि विरोध भएको हो । तर भुक्तानी लिँदा कार्यविधि अनुसार नै डोर हाजिर तयार पारिएको पूर्वाधार विकास कार्यालय जाजरकोटले जनाएको छ ।

मुख्य मन्त्री रोजगार कार्यक्रमबाट नलगाड नगरपालिकाको खनटाकुरा–ऐरारी कृषि सडक निर्माण गर्ने क्रममा पहुँचको भरमा मापदण्ड विपरीत सडक निर्माण गरिएको र रकम समेत हिनामिना भएको स्थानीयको आरोप छ । 

स्काइभेटरबाट काम गरिएपछि रोजगार कार्यक्रममा समेटिएका ४७ जना बेरोजगार भएका छन् । उनीहरुलाई २८ दिन काम गरेको सात हजार रुपैयाँ मात्र दिएपछि कतिपयले रकम बुझ्न मानेका छैनन् ।

आयोजनामा भएको बदमासीबारे खरो रुपमा उत्रिएका स्थानीय प्रेमबहादुर शाहीले कर्णाली सरकारका मुख्य सचिवसम्मलाई बदमासीबारे जानकारी गराएपनि कतैबाट छानवीन हुने आवश्वासन पाएनन् ।बरु उल्टै उनीहरुले मिडियामा जान सुझाए । समिति र मुख्यमन्त्री रोजगार हेर्ने निकायसँग सबै डिटेलमा बुझेर हिनामिना रकमको फेहरिस्त नै तयार पारेका छन् । उनले दिएको जानकारी अनुसार २८ लाख ४९ हजार तीन सय २७ रुपैयाँको आयोजनामा २७ लाख ३३ हजार दुई सय ४७ रुपैयाँ निकासा भएको थियो । 

समितिले स्थानीयलाई उपलब्ध गराएको खर्चको विवरणमा स्काइभेटरको दुई सय १६ घण्टाको ज्याला १५ लाख ६२ हजार तीन सय रुपैयाँ भुक्तानी गरेको जनाएको छ । तर स्काइभेटरका प्रोपराइटर फनिन्द्र सुनारले एक सय ७१ घण्टा मात्र काम गरेको र भुक्तानी १३ लाख ९२ हजार मात्र लिएको जनाएका छन् । मेसिनबाट काम गराएको बहाल कर बापत कार्यालययले १० प्रतिशत अर्थात् दुई लाख ७३ हजार कन्टिजेन्सी कटाएको छ । 

त्यस्तै दुई लाख रुपैयाँ अफिस खर्च भन्दै बुझाएको विवरण उपभोक्ता समितिका अध्यक्ष तिलक शाहीले गाउँलेलाई सार्वजनिक गरेको प्रेमले बताए । त्यस्तै ७३ हजार स्काइभेटरका चालक र इन्चार्जको खानानास्ता खर्च ७३ हजार, समितिको खाना, नास्ता खर्च ८० हजार रुपैयाँ देखाइएको छ । बाँकी रहेको पाँच लाख १७ हजार रुपैयाँ रोजगार कार्यक्रममा समेटिएका ४७ सहित ६७ जनालाई दामासाहीको हिसाबले सात हजार सात सयका दरले वितरण गरिएको छ । 

२८ दिन काम गरेर त्यति थोरै रकम दिएको हुँदा आफूहरुले रकम बुझ्न इन्कार गरेको स्थानीय राममाया शाहीले बताइन् । त्यस्तै सिला शाही, हिरा शाहीलगायतका स्थानीयले पनि रकम हिनामिनाको विरोध गरेका छन् ।

तर कार्यालय प्रमुख प्रविण कार्कीले कार्यालयले मेसिन प्रयोग गरे वापत बहाल कर भनेर १० प्रतिशत रकम आर्थिक नियमावली र कार्यविधि अनुसार नै काटेको तर अफिस खर्च भनेर कार्यालयका कसैले रकम नलिएको दावी गरे । 

मुख्य मन्त्री रोजगार कार्यक्रमको कार्यविधीमा ४० प्रतिशत मेसिन र ६० प्रतिशत रोजगारको सुचीमा समावेश भएका स्थानियले काम गर्ने गर्नुपर्ने उल्लेख भएको र सोही अनुसार विलभरपाई तथा डोर हाजिर आएपछि मेसिन प्रयोग गरे बापत १० प्रतिशत बहाल कर काटेर भुक्तानी दिईएको कार्यालय प्रमुख कार्कीले बताए ।

कार्यालयका लेखापाल खिमबहादुर थापाले समितिले आफूले बदमासी गर्ने तर कार्यालयको नाम जोडिएको प्रति आपत्ति जनाए । उनले यसबारे समितिका अध्यक्षलाई कार्यालयको नाम जोडेर भ्रम नफैलाउन चेतावनी दिए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.